गुल्मीमा घरमा कोही नभएको मौका छोपी गरगहना नगद चोरी भएको छ ।

सुटकेसमा राखेको नगद १० हजार , औठी , मंगलसुत्र , जन्तर गरी करिब २ लाख बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए । सुमित्रा दर खान भनी स्थानीयको घरमा गएको मौका छोपी चोरी भएको स्थानीय बासुदेब पोखरेलले जानकारी दिए ।

मान्छे मार्न कसरी सक्छ मान्छेले ?

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरी अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएकी छन् । उनले १५ वर्षिया छोरीसँग मिलेर गत साता आफ्नै कोठामा दाङका ४२ वर्षीय कृष्णबहादुर बोहोरालाई मारिन् ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।