गैंडाकोट १७ मा लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि सचेतना तालिम सम्पन्न

कृष्ण कंडेल, अमरापुरी

वडामा गठित लागु औषध अपराध निषेध तथा नियन्त्रण एबम नियमन समितिको आयोजनामा अमरज्यती माविको हलमा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गैंडाकोट-१७,नवलपुरका वडाअध्यक्ष रत्नवहादुर खड्काले लागु पदार्थ दुर्व्यसन न्यूनीकरणको लागि व्यक्ति आफै, परिवारका सदस्यदेखि लिएर छिमेकी तथा सामाजिक संघसंथा लगाएत सम्पूर्ण सरोकारवाला सजग हुनुपर्ने वताउनुभयो । अध्यक्ष खड्काले सचेतना तालिम हुनु सकारात्मक भएको भन्दै आगामि दिनामा हुने यस्ता कार्यक्रमका लागि अवश्यक बजेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा अमरज्यति माविका प्रधानाध्यापक दुर्गादत्त सापकोटा, सभागिहरु भगवती सुबेदी, आनन्द शर्मा, कृष्ण कंडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा भएको अन्तरकृयाका सहभागीले स्थानीय झाडी, घोल, नदि तथा खोला किनार, मसानघाट, एकान्त ठाउँमा रहेका मन्दिरपरीसर लगायतका स्थान दुर्व्यसनीमा संलग्नले धेरै प्रयोग गर्ने भन्दै यस्ता स्थानमा सबैले निगरानी गर्नुपर्ने धारण राखे ।

सो अवसरमा लागु औषध अपराध निषेध तथा नियन्त्रण एबम नियमन समितिका अध्यक्ष बाबुराम गिरीले यो क्षेत्रमा सम्पूर्ण सरोकारवालासंग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रम समितिका अध्यक्ष बाबुराम गिरीको अध्यक्षता, उपाध्यक्ष राधिका कंडेल को स्वागत तथा सचीव लक्ष्मण कंडेल को संचालन एबम सहजीकरणमा सम्पन्न भएको थियो ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको