गुल्मीमा४७१३जना ब्यक्तिको स्वाव संकलन,४६५९जनाको परिक्षण:प्रजिअ भरतकुमार शर्मा

रामकृस्ण कंडेल,वामीटक्सार

गुल्मी जिल्लाको कोभिड-१९सम्बन्धी संक्षिप्त विवरण आज प्रकाशित भएको छ।प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा द्वारा हस्ताक्षरित बिबरण अनुसार गुल्मी जिल्ला भित्र ९०क्वारेन्टिन स्थलमा ७९३ बेड रहेका छन। क्वारेन्टिनमा३८जना कोरोना संक्रमित बस्दै आएका छन।यसैगरी जिल्ला भित्र१७६आईसोलेसन बेड रहेका छन जसमा६६जना संक्रमित हरू बस्दै आएको बताईएको छ।१४जना संक्रमितहरू आईसोलेसन बाट फिर्ता भएको,जिल्लाभर बाट ४७१३जना ब्यक्तिको स्वाव संकलन गरिएको,४६५९जनाको स्वाव परिक्षण भईसकेको बताइएको छ।

यसैगरी जिल्ला प्रशासन कार्यलय गुल्मीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ नियन्त्रण रोकथामका लागि विभिन्न कार्यक्रमहरू,सूचनाहरु प्रकाशित गर्दै आएको छ।

प्रमुख जिल्ला अधिकारी शर्माले संक्रमणको अवस्था मुल्यांकन गरी स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्न,सेवा र कार्यहरु सञ्चालन गर्न सहजिकरण गरिएको न्यूनतम सामाजिक दूरी कायम गर्न,मास्क र सेनिटाईजर को प्रयोग बिना घर बाहिर हिँड्डुल नगर्न,अनावश्यक विवाद नगर्न,सेवाप्रदायक निकायको संस्थाले पनि स्वास्थ्य सुरक्षा न्यूनतम मापदण्ड पालना गर्न गराउन तर्फ जिल्लाबासी हरू संग आग्रह गर्नुभएको छ।प्रमुख जिल्ला अधिकारी शर्माले सरकार र यसका कार्यालयद्वारा जारी आदेशको पालना नगर्नेहरु उपर संक्रमणको रोग नियन्त्रण २०२०बमोजिम कारबाही गरिने समेत बताउनुभएको छ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको