गुल्मीमा घरमा कोही नभएको मौका छोपी गरगहना नगद चोरी भएको छ ।

धुर्कोट गाउँपालिका वडा नं ४ जैसिथोककी सुमित्रा पोखरेलको घरबाट गएराती घरको ताला फोडी चोरी भएको हो । सुटकेसमा राखेको नगद १० हजार , औठी , मंगलसुत्र , जन्तर गरी करिब २ लाख बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए । सुमित्रा दर खान भनी स्थानीयको घरमा गएको मौका छोपी चोरी भएको स्थानीय बासुदेब पोखरेलले जानकारी दिए ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको र चोरी गर्ने मान्छेको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।