मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

रामकृष्ण कंडेल,भाद्र१

रामकृष्ण कंडेल,भाद्र१

 गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७परूवा स्थिति निर्माणाधीन परूवा प्रतिक्षालयको हाल सम्मको आय ब्यय सार्वजनिक गरिएको छ।रिडी रुद्रवेणी वामीटक्सार मोटरबाटो अन्तर्गत परूवामा रहेको जग्गामा प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको छ।प्रतिक्षालय निर्माण समितिको आयोजनामा आम्दानी खर्च लाई पारदर्शी बनाउने उद्देश्यले समितिका पदाधिकारीहरु,स्थानिय भद्रभलादमी र सरोकारवालाको उपस्थितीमा बजेट सार्वजनिक गरिएको हो।आय व्यव सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि मुसीकोट नगरपालिकाका आर्थिक संयोजक तथा वडा नम्बर७का अध्यक्ष प्रकाश काफ्लेले प्रतिक्षालय निर्माण कार्यलाई आफुले व्यक्तिगत तथा वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो।

 वडाध्यक्ष काफ्लेले सामाजिक कार्य गर्दा प्रयोग गरिने आर्थिक तथा प्राप्त सहयोग लाई सबैले चित्तबुझ्दो ढङ्गबाट खर्च गरिनु पर्ने जरुरी रहेको भन्दै यस प्रतिक्षालय निर्माणमा समितिले प्रारम्भिक चरणमै सरोकारवालाको बिचमा आय ब्यय सार्वजनिक गर्नु राम्रो भएको धारणा व्यक्त गर्नुभयो। वडाध्यक्ष काफलेले समाजमा सामाजिक कार्य सबै मिलेर एकताबद्ध ढङगबाट सम्पन्न गर्न सकिने बताउनुभयो।एक फरक प्रसङ्गमा वडाध्यक्षले आफूहरुले काम गर्दा जनताको शिर झुक्न नदिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।काफ्लेले विकास निर्माण लगायत सानादेखि ठूला सबै कामहरूमा जनप्रतिनिधिहरु संलग्न हुनुपर्ने बाध्यता भएको हुनाले कैले काहीँ आफूलाई विवादमा तान्ने प्रसङ्ग कोट्याउँदै आफूले जानेर वा नजानेर एकपैसा पनि दुरूपयोग हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो।

  

उक्त कार्यक्रममा समाजसेवी तथा निर्माण कार्यमा  सक्रिय रुपमा लागिरहनु भएका हरिनारायण सापकोटाले परूवा प्रतिक्षालयको निर्माणले सडकमा हिड्ने बटुवाहरुका साथै अन्य धार्मिक सामाजिक कार्यहरुमा प्रयोग हुने धारणा व्यक्त गर्नुभयो।यस प्रतिक्षालय निर्माणका लागि देश विदेशमा रहनुभएका तथा सम्बन्धित पक्षहरुबाट ऐच्छिक सहयोग प्राप्त भएकोमा आभार ब्यक्त गर्दै समाजसेबि सापकोटाले आफुहरूले यस महत्वपूर्ण कार्यलाई सफल बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।समाजसेवी सापकोटाले सरकारको मात्र मुख ताकेर विकास निर्माणका कामहरु  पर्खिनु भन्दा सबै मिलेर आफु सक्दो विकास निर्माणका कामहरु अगाडि बढाउनु अहिलेको सान्दर्भिकता रहेको कुरा व्यक्त गर्नुभएको थियो।सापकोटाले राज्य संयन्त्र लाई नागरिकहरूले सक्दो सहयोग गर्ने बेला आएको पनि धारणा व्यक्त गर्नुभएको थियो।

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट  ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।हालसम्म परूवा प्रतिक्षालयको खर्चतर्फ ठेक्का,जाली भरेको, सामान ढुवानी,सिमेन्ट खरिद ढुंगा चोकर खरिद लगायतमा खर्च भएको आयोजकले बताएको छ।कार्यक्रममा स्थानीयहरुले आफूलाई मनमा लागेका कुराहरु व्यक्त गर्नुभएको थियो।प्रतिक्षालय निर्माण पस्चात यस क्षेत्रमा गरिने विभिन्न धार्मिक तथा सामाजिक कार्यहरुमा उक्त भवन प्रयोग गर्न सकिने निर्माणकर्ता हरूको दाबी रहेको  छ।कार्यक्रममा समाजसेबि विष्णुकुमारी सापकोटा,वामीटक्सार स्थित आखा अस्पताल भवन निर्माणकर्ता तथा बरिस्ठ समाजसेवी कृस्णहरी सापकोटा,सन्चारकर्मी रामकृष्ण कंडेल,बिस्णुप्रसाद आचार्य,मुनपाका कानुनी सल्लाहकार अनन्तलाल भन्डारी, भुवन केसी,नन्दराम सापकोटा,ज्ञानेस्वर काफ्ले,गजाधर सापकोटा,तेजनारायण सापकोटा,लेमबहादुर बोहोरा,रामु गौतम,मोती सापकोटा,ताराप्रसाद कंडेल लगायतको बिशेष उपस्थिति रहेको थियो।कार्यक्रम प्रतिक्षालय निर्माण समितिका अध्यक्ष इश्वरी प्रसाद सापकोटाको अध्यक्षता तथा पुष्पाञ्जलि युवा क्लवका सचिव तथा भवन निर्माण समितिका सदस्य रामचन्द्र सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।

मान्छे मार्न कसरी सक्छ मान्छेले ?

मान्छे मार्न कसरी सक्छ मान्छेले ?

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरी अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएकी छन् । उनले १५ वर्षिया छोरीसँग मिलेर गत साता आफ्नै कोठामा दाङका ४२ वर्षीय कृष्णबहादुर बोहोरालाई मारिन् ।