वामी नमुना समाजले सम्पन्न गर्यो स्व.खरालको संझनामा शोकसभा

रामकृस्ण कंडेल,वामीटक्सार

वामी नमूना समाज(डब्लु एम सि)ले अनलाइनबाट शोकसभा कार्यक्रम सम्पन्न गरेको छ।संस्थाका बरिष्ठ उपाध्यक्ष तथा जग्गादाता डिलाराम खराल कि धर्मपत्नी तथा वामी नमुना समाज(डब्लु एम सि)का शुभ चिन्तक स्व. राधिका खरालको निधन भएको सातौं पुण्य तिथिको अवसरमा शोकसभा कार्यक्रम आयोजना गरिएको संस्थाका संस्थापक अध्यक्ष दिलिप थापाले जापानबाट जानकारी दिनुभएको छ।

वामी नमुना समाजको पूर्वनिर्धारित सूचना वमोजिम प्रधान कार्यालयका बरिष्ठ उपाध्यक्ष तथा वामी नमुना समाज को भवन निर्माणकोलागि मुनपा७,शेरा स्थित मोटरबाटोमा जग्गा दिनुहुने जग्गादाता डिलाराम खरालकि धर्मपत्नी राधिका खरालको दुःखद निधन भएको अवसरमा शोक सभा कार्यक्रम आयोजना गरिएको हो।

शोक सभामा उपस्थित सम्पूर्ण महानुभावहरु बाट मृतात्माको बैकुण्ठ बासको कामनाका साथ एक मिनेट मौनधारण समेत गरिएको थियो।कार्यक्रममा उपस्थित सम्पूर्णले यस असामयिक निधनले सम्पूर्ण समाज र परिवार लाई क्षति भएको बताइएको थियो।हँसिलो र मिलनसार व्यवहार,धर्म संस्कृतिप्रति आस्था र विश्वास,कर्मप्रति पूर्ण समर्पण,मेहनत र अनुशासनको गहिरो र उत्कृष्ट उदाहरण र प्रेरणाको रुपमा लिन सकिने स्व.राधिका खरालको निधनले यस क्षेत्र शोकमग्न भएको देखिन्छ।

‘बरिस्ठ उपाध्यक्ष तथा जग्गा दाता डिलाराम डिलाराम खराल की धर्मपत्नी राधिका खरालको यहि ०७७ असोज १२ गतेका दिन उपचारको क्रममा अल्का हस्पिटल काठमाडौमा भएको अकल्पनीय निधनले वामी नमुना समाज(WMC)परिवार अत्यन्तै दुखी भएको छ । दिबङ्गत आत्मको चिर शान्तिको कामना गर्दै सम्पुर्ण शोकाकुल परिवारजनमा हाम्रो वामी नमुना समाज परिवार हार्दिक समबेदना प्रकट गर्दछौं’ संस्थापक अध्यक्ष दिलिप थापाको भनाई रहेको छ।

कार्यक्रममा उपस्थित सबै महानुभावहरुले शोकाकुल परिवार र आफन्तजन हरु लाइ धैर्य रहन आग्रह समेत गरिएको थियो परिवारको तर्फबाट ज्वाइँ र मृतकका छोरा नारायण खरालले आफू अत्यन्तै शोकको अवस्थामा रहेको र आफूहरुलाई सहानुभूति प्रकट गर्नको लागि वामी नमुना समाजले महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

स्वर्गीय राधिका खरालको यहि असोज १२गतेका दिन उपचारकोक्रममा अल्का अस्पताल काठमाडौंमा अकल्पनीय निधन भएको थियो।अनलाइनबाटै सञ्चालन गरिएको शोकसभा कार्यक्रममा वामी नमुना समाजका तीसभन्दा बढी वरिष्ठ पदाधिकारीहरु को शहभागिता रहेको बताइएको छ।

संस्थाका अध्यक्ष बाबुराम खरेल को अध्यक्षता तथा संस्थापक अध्यक्ष दिलिप थापाको संचालनमा शोकसभा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।