बिहुँ सुन्दरीचोकबाट बालिका अपहरण गर्ने दुई युवक पक्राउ

भरत सापकोटा,बाग्लुड०

काठेखोला गाउपालिका ५ बिहुँ स्थित अमर माविमा अध्ययनरत १६ वर्ष उमेरकी एक बालिकालाई अपहरण गर्ने दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठेखोला ५ कर्लिम सुन्दरीचोकबाट बिद्यालय आउदै गरेकी निज बालिकालाई डरत्रास देखाई जबरजस्ती मोटरसाईकलमा हाली लैजाने काठेखोला गाउपालिका ६ का २४ वर्षिय सुन्दर बिक र सोहि वडा बस्ने वर्ष १९ को प्रेम परियारलाई प्रहरी टोलीले वारदातको दुई घण्टा भित्रै पक्राउ गरी पीडित बालिकालाई सकुशल उद्दार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अपहरणकारीहरुलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत बागलुङबाट म्याद थप गराई थप अनुसन्धान कार्य सुरु गरेको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।