अमेरिका लाने भन्दै लाखौ ठगी गर्ने दुई व्यक्ति पक्राउ

पश्चिम रूकुमका दुई पुरूषलाई अमेरिका लैजाने भन्दै ४१ लाख रूपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

हाल बबरमहल बस्दै आएका ५४ र ५५ वर्षका दुई पुरूषलाई गत वर्षको साउनमा अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर अलपत्र पार्ने दुई जना पक्राउ परेका हुन्।

उक्त घटनामा संलग्न भएको अभियोगमा ललितपुर महानगरपालिका बस्ने बर्ष ३२ का ‘रवी’ भन्ने रिकेश महर्जन र काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. ९ बस्ने वर्ष २२ की कमला लामालाई पक्राउ गरेको मानव बेचविखन अनुसन्धान व्युरोले जनाएको छ।

यही घटनामा संलग्न रहेका सतिस बर्तौलालाई भने गत साउन २९ मा नै पक्राउ गरिएको व्युरोले जनाएको छ । उनीहरू तीन जनाले पीडितलाई फिलिपिन्स पुर्‍याएर मानसिक र शारीरिक याताना दिएको समेत प्रहरीले जनाएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।