गुल्मीको इस्मामा छोराको आक्रमणबाट बुबाको ज्यान गयो

मनु सुनार मनसुन

गुल्मीको इस्मामा फेरी अर्को हत्या भएको छ । इस्मा गाउँपालिका –१ छिनुवामा भएको मोती बहादुर कुवँरको हत्यारा पत्ता नलाग्दै इस्मा गाउँपालिका–४ मा आफ्नै छोराले बाबुको हत्या गरी फरार भएका छन् । 

कुवँरको हत्या भएको महिना दिन नबित्दै इस्मा गाउँपालिका–४ बाजका अन्दाजी २५ वर्षिय अनिल बस्नेतले आफ्नै बुबा ६० वर्षीय दिल बहादुर वस्नेतलाई आक्रमण गर्दा ज्यान गएको हो । 

छोरोको आक्रमणबाट गम्भीर अवस्थामा रहनुभएका दिल बहादुरलाइ उपचारका लागी जिल्ला अस्पताल तम्घास ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो ।  

त्यहाँबाट पनि प्रदेशिक हस्पिटल बुटवल रिफर गरिएको थियो । गम्भीर घाइते बस्नेतको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदाराज पन्तले जानकारी दिनुभयो । 

आइतबार साँझ करिब ७ बजेको समयमा छोरा अनिलले मदिरा सेवन गरी विवाददका क्रममा बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाई छ । उनी रातिदेखि नै फरार रहेको र खोजि कार्य भइ रहेको डिएसपी पन्तले जानकारी दिनुभएको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।