मार्क्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कुल’ बजारमा आएको छ।

कोभिड –१९ को महामारीकै बीच मार्क्सवादी कक्षासमेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा मार्क्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे मिहिन व्याख्या गरिएको छ।

समाजवादोन्मुख राज्यको संवैधानिक व्यवस्थाले नेपाली विशेषताको मौलिकतासहितको समाजवादको यात्रामा विगतका कम्युनिष्ट आन्दोलनको समीक्षासहित नयाँ र एकताबद्ध कार्यभारलाई व्यवस्थित गर्न कम्युनिष्ट विश्व दृष्टिकोण निर्माणमा पुस्तकले जोड दिएको छ।

नेपालका विद्यमान कम्युनिष्ट पार्टीको विवेचना गर्दै पुस्तकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता र विजयको अभियानका कारण वस्तुगत ऐतिहासिकताको जगमा उभिएको, नेत्रविक्रम चन्द समूह सारसंग्रहवादी भएको, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) अकर्मण्य देखिएको, सीपी मैनाली नेतृत्वको नेकपा (माले) ले अस्तित्व धान्न प्रयासरत रहेको र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीले गुणात्मक प्रगति गर्न नसकेको टिप्पणी गरिएको छ।

‘जनमतका दृष्टिले शक्तिशाली तर कम्युनिष्ट विचार र आचारका दृष्टिले स्खलितावस्थामा रहेका कम्युनिष्टलाई मार्क्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास र विज्ञान एवं प्रविधिको ज्ञानले सुसज्जित गर्न र सिद्धान्तअनुरुप क्रान्तिकारी व्यवहारका लागि उत्प्रेरित गर्नुपर्ने कम्युनिष्ट पार्टी र यसका नेताहरु दैनन्दिन प्राविधिक झमेलामा अल्झिएका छन्’, लेखकले भनेका छन्, ‘कम्युनिस्ट राजनीतिमा आकर्षित र क्रियाशील युवा पुस्ता माक्र्सवादको आधारभूत ज्ञानसँग पनि परिचित नहुने बिडम्वनापूर्ण परिस्थिति हाम्रो राजनीतिमा विद्यमान छ। वैज्ञानिक सिद्धान्तलाई क्रान्तिकारी व्यवहारमा रुपान्तरण गरेर मात्र मार्क्सवादी ध्येय प्राप्त गर्न सकिन्छ, त्यस्तो व्यवहार सामाजिक व्यवहार हो, जुन व्यवहार हाम्रो चिन्तन र कार्यशैलीका रुपमा अभिव्यक्त हुन्छ। त्यही व्यवहारले मात्र जनतालाई कम्युनिष्ट समाजको प्रारम्भिक चरणबाट उन्नत चरणसम्म लैजाने कार्यभार पूरा गर्दछ।

कूल ३८० पृष्ठ र पाँच खण्डको सो पुस्तकमा दर्शनशास्त्र, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व कम्युनिष्ट आन्दोलनको इतिहास तथा विज्ञान र प्रविधिसँग सम्बन्धित विषयवस्तु समेटिएका छन्। ‘इण्डिग इन्क’ को प्रकाशन सो पुस्तकमा नेकपाका अध्यक्ष दाहालको प्रतिक्रिया र नेकपाका नेता डिलाराम आचार्यको भूमिका छ।

लोकपाटी मिडियाका अध्यक्ष लेखक तिमिल्सिना तत्कालीन प्रधानमन्त्री दाहालका प्रेस संयोजक पनि रहेका थिए। नेकपा निकट बुद्धिजीवी संगठनमा पनि आबद्ध उनको यसअघि ‘जनताको जनवादका आधारहरु’ (संयुक्त लेखन) पुस्तक प्रकाशन भएको थियो। रासस

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।