जापानमा कार्यरत गुल्मी वामीका टंक लामिछानेको बिधालय लाई सहयोग

रामकृस्ण कंडेल,वामीटक्सार
गुल्मी जिल्ला मुसीकोट नगरपालिका ८ठुलाखर्कमा जापानमा कार्यरत टंक लामिछानेले सहयोग पठाऊनु भएको छ।आफुले बाल्यकालको शिक्षा हॉसिल गरेको बिधालय ठुलोखर्क प्रा. बि.मा अध्ययन गर्दै आएका बिधार्थी हरू लाई कोभिड१९ को जोखिम बाट बच्न को लागी स्वास्थ्य सामग्रीहरू माक्स,सेनिटाइजर ,साबुन ,हार्पिक् ,ब्रस ,पानिको लागी फिल्टर लगायतका सामाग्री हरू लामिछानेले पठाएको बिधालयका प्रधानाध्यापक बेदप्रसाद खरेलले युनिक खवर डट कम लाई जानकारी दिनु भएको छ।

बिधालयमा आयोजित कार्यक्रममा सहयोगदाता टंक लामिछानेका बुवा बोमनाथ लामिछानेको बिशेष उपस्थितीमा बिधार्थी हरू लाई उक्त सामाग्री बितरण गरिएको हो।बिधालय ब्यबस्थापन समिती,शिक्षक अभिभाबक संघ,अभिभाबक हरूको उक्त कार्यक्रममा उपस्थिती रहेको थियो।

आफ्नो जन्मभूमी लाई संझेर सात समुन्द्र टाढा बाट यस कठिन परिस्थितीमा बिधालयका साना बिधार्थी हरू लाई सहयोग पठाएकोमा टंक लामिछाने र उहॉको परिवार प्रती बिधालयले धन्यबाद तथा कृतज्ञता ब्यक्त गरेको छ।लामिछाने परिवारले पटक पटक यस बिधालय लाई आर्थिक भौतिक र नैतिक सहयोग गर्दै आएको बुझिएको छ।