शारदा बिधा मन्दिर वामीमैदानले स्व खत्रीको संझनामा सम्पन्न गर्यो शोक सभा

रामकृस्ण कंडेल,वामीटक्सार

गुल्मीको मुसिकोट नगरपालिका८मा अबस्थित शारदा बिधा मन्दिर मा बी ले शोक सभा कार्यक्रम सम्पन्न गरेको छ।बिधालयका शिक्षक सागर के सी का हजुर बुवा तथा बिधालयका सहयोग दाता स्व.दानबहादुर खत्रीको ११औं पुन्य तिथिको अवसरमा उहॉकै निवास वामीमैदानमा कार्यक्रम आयोजना गरिएको हो।

सरल र सहयोगि स्वभाबका स्व.दानबहादुर खत्रीको निधनले बिधालय लाई अपुरणिय क्षती भएको भन्दै बिधालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटाले उहॉको योगदानको संस्मरण गर्नु भएको थियो।

कार्यक्रममा प्रधानाध्यापक सापकोटाले शोकमन्तब्य समेत बाचन गर्नु भएको थियो।

कार्यक्रममा बिधालयका शिक्षक,कर्मचारी र अन्य सहभागी हरूले स्वर्गीय आत्माको चिरशान्तीको कामना गर्दै १मिनट मौनधारण गर्नुभएको थियो।

कार्यक्रम वडानं८का वडाध्यक्ष नारायण सापकोटा,नगर खेलकुद समितीका सदस्य सन्दिप खत्री लगायतको उपस्थिती रहेको थियो।

स्व.खत्रीको असोज१८गते ८२बर्षको उमेरमा निधन भएको थियो।कार्यक्रमको सन्चालन शिक्षक भीमसेन के सी ले गर्नु भएको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।