गलकोटको चौराहा र रिघामा ७ घर पहिरोको जोखिममा

डम्मर बुढा मगर, बागलुङ

गलकोट नगरपालिका वडा नम्बर १ चौराहा बर्खेधारमा मध्यपहाडी लोकमार्ग भत्किँदा दुई घर पहिरोको उच्च जोखिममा परेका छन् ।आइतबारदेखि परेको निरन्तर परेको वर्षातको कारण स्थानीय भिम बहादुर थापा काउचा, विष्णु राना श्रीसको बस्ती उच्च जोखिममा परेको छ । पहिरोले घर गोठ जोखिममा परेपछि पशुपंक्षी, अन्नपात र लत्ताा कपडा छिमेकीकोमा सारेर स्थानीय हिरा काउचाले जानका।री दिनुभयो ।

चौराहा, रुपाखानी पात्लेखोला जाने गोरेटो बाटो समेत अवरुद्ध भएको काउचाले बताउनुभयो । पहिरोले मध्यपहाडी लोकमार्ग भत्किँदा बागलुङ–बर्तिबाङ सिधा यातायात अवरुद्ध भएको छ ।त्यस्तै गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा पहिरोले ५ घर पहिरोले जोखिममा परेको छ ।

निरन्तर परेको वर्षाको कारण स्थानीय चन्द्रबहादुर कामी, टेकबहादुर श्रीस, चन्द्रबहादुर नेपाली, मित्र बहादुर थापा र अम्मरबहादुर श्रीसको घर जोखिममा परेको गलकोट नगरपाालिका वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभयो ।

उनीहरुले छिमेकी घरमा आश्रय लिएको र केहीले पाल टाँगेर बसेको अध्यक्ष श्रीसको भनाई छ । निरन्तर परेको वर्षाका कारण थप जोखि बढ्दै गएको उहाँको भनाई छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।