बाग्लुड० बोबाङका बाढी पीडितका लागि ढोरपाटन नगरद्धारा राहत वितरण

बोबाङका बाढी पीडितहरुका लागि ढोरपाटन नगरपालिकाले आज दोस्रो चरणको राहत सामग्री उपलव्ध गराएको छ । नगरपालिकाले यहि भाद्र १७ गते भूजिखोलामा आएको भिषण बाढीका कारण आफन्त तथा घरबास गुमाएका १ सय ३७ घर परिवार प्रभावितहरुलाई राहत सामग्री उपलव्ध गराएको हो ।

नगरपालिकाको आफ्नै खरिदमा ६ सय बोरा जिरा स्टीम चामल सहित अन्य दातृ संघसंस्था र व्यक्ति विशेष दाताहरुबाट संकलन भएको चामल, तेल, दाल, अण्डा, चाउचाऊ, कम्बल, पिफम, भाँडा, बर्तन लगायतका राहत सामग्री प्रभावितहरुलाई उपलव्ध गराइएको जनाइएको छ । राहत सामग्री नगर प्रमुख देव कुमार नेपाली र नगर उप–प्रमुख करमती पुन मगरको विशेष उपस्थितीमा बाढी प्रभावितहरुलाई वितरण गरिएको हो । प्रत्येक पीडित परिवारलाई ६/६ बोरा चामल सहित अन्य राहत सामग्री उपलव्ध गराइएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालीले जनताको हरेक दुख, सुखमा स्थानिय सरकार साथमा रहेको भन्दै बाढी प्रभावितले भोक–भोकै मर्नुपर्ने अवस्था नआउने बताउनुभयो । ढोरपाटन नगरपालिका बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको तयारीमा रहेको र स्थायी आवास पनि छिटै निर्माण गरिने नगर प्रमुख नेपालीले जानकारी दिनुभयो । अभिभावक गुमाएका बालबालिकाहरुलाई प्रदेश राजधानी पोखरामा रहेको एस.ओ.एस. स्कुलमा पढाउने बताउनुभयो । “जसका लागि मैले स्कुलसंग पहल गरिरहेको छु, सम्भव भए अन्य दाताको खोजी गर्नेछु, नभए आफ्नै खर्चमा बालबालिकालाई पोखरा लगेर पढाउने छु, यो मेरो बाचा भयो, नगर प्रमुख नेपालीले भन्नुभयो ” । बाढीले विभिन्न लघुजल विद्युत आयोजनामा क्षति पु¥याएपछि अन्धकारमा बस्न बाध्य प्रभावितहरुलाई सोलार बत्तीको व्यवस्था गरिदिने पनि नगर प्रमुख नेपालीले बताउनुभयो ।

राहत रकम र सामग्री बास्तविक पीडित समक्ष पुयाउनका लागि नेपाल सरकारले बनाएको राहत वितरण प्रक्रिया र नीतिगत व्यवस्था अनुसार, एकद्धार प्रणालीबाट वितरण गर्ने नगरपालिकाले व्यवस्था गरेको भन्दै नगर प्रमुख नेपालीले त्यसलाई गलत ढंगले नबुझ्न अनुरोध गर्नुभयो । बाढी पीडितको राहत र पुनःस्थापनाका लागि दाताहरुबाट संकलित राहतका सामग्री कुनै पनि हालतमा दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

सोही अवसरमा नगर प्रमुख नेपालीले विभिन्न दातृ संघ/संस्था तथा व्यक्ति विशेष दाताहरुबाट प्राप्त राहत रकम र सामाग्रीको विस्तृत विवरण सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख नेपालीका अनुसार, हाल सम्म ५७ लाख २६ हजार ९१ रुपैयाँ राहत रकम दाताहरुबाट संकलन भएको र उक्त रकम ग्लोबल आई.एम.ई. बैंक बुर्तिबाङ शाखामा रहेको दैवि प्रकोप राहत कोष नामक खातामा जम्मा गरिएको बताउनुभयो । त्यसैगरी करिब ६ लाख बराबरको राहत सामग्री उपलव्ध भएको नगर प्रमुख नेपालीले जानकारी दिनुभयो ।

वडा नं. ९ का वडा अध्यक्ष हरी बहादुर घर्ति मगरको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनारको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन वडा नं. ९ को वडा सहयोगी जुनकुमार विश्वकर्माले गर्नुभएको थियो ।

यहि २०७७ भदौ १७ गते बोबाङ खोलामा आएको बाढीले ढोरपाटन नगरपालिकामा ठूलो जनधनको क्षती पु¥याएको छ । ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्ने सुर्तिबाङ ब्लकको दक्षिणपूर्वि पहाडको एक हिस्सा खसेर बाढीको रुपमा नदिकिनारका बस्तीमा छिरेपछि ३८ जना बेपत्ता भएका थिए । बेपत्ता मध्य हाल सम्म २१ जनाको शव फेला परेको छ भने १७ जना अझै बेपत्ता छन् । घाईतेहरुको उपचार भइरहेको छ । बाढीले ढोरपाटन नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ मा गरी १ सय २० घर पुर्ण रुपमा क्षति पुयाएको छ भने ५१ घरमा आंशिक क्षति पुयाएको छ । त्यसैगरी ११ ओटा झोलुङ्गे पुल, १२ ओटा लघु जलविद्युत आयोजना, २ ओटा स्वास्थचौकी र २ ओटा विद्यालय बगाएको छ

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।