बहराइनका राजकुमार पर्वतीय पर्यटनका लागि नेपाल आउने

बहराइनका राजकुमार सल्मान विन इसा अल खालिफा नेपालको भ्रमणमा आउने भएका छन् ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राजकुमार सल्मानसहित १५ जना बहराइन नागरिक तथा ३ जना बेलायती नागरिकलाई आगामी सेप्टेम्बर १५ मा चार्टर फ्लाइटबाट नेपाल आउन अनुमति दिएको हो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड पालना गर्ने गरी नेपालको लोबुचे र मनास्लु आरोहणका लागि चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको छ,’ सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

पर्वतीय पर्यटनका लागि सरकारले पहिलोपटक अनुमति दिने निर्णय गरेको खतिवडाको भनाइ छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।