चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

रामकृस्ण कंडेल,गुल्मी

चर्चीत गुल्मेली मोडेल ओ बि रायमाझीको पहिलो गीत “लहै लहै”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।पछिल्लो समय दर्शक हरूले अत्यन्तै मन पराएका मोडल रायमाझीको नयाँ गीत’लहै लहै’ले अपार सफलता प्राप्त गर्न सक्ने धेरैको अनुमान छ।दर्जनौ गीतमा अभिनय गरेसंगै मोडेल ओ बि रायमाझीले आफु लाई पहिलो पटक गायकको रुपमा प्रस्तुत भएको बताईएको छ।बाहिर भेट्दा देखे भने बाउ आमा ले कराउलान,लुकि लुकि भेटम गाइको गोठमा,जस्ता मन छुने शब्द ले भरिएको माया प्रेम को विषय बस्तु लाई समेटिएको छ।

गीतमा उनलाई सन्ध्या बुढाले साथ दिएकी छिन भने भिडियोमा क्रान्ती केसीको निर्देशन र सम्पादनमा तयार पारीएको छ । देव गौतम निर्माता रहेको भिडियोमा अजय रेग्मीको छाँयाकन रहेको छ ।

गीतमा प्रकाश पराजुलीको शब्द,कृष्ण बिकको एरेन्ज रहेको छ।

भिडियोमा ओबि रायमाझी संगै चर्चित अभिनेत्री तथा मोडेल निता ढुंगानाको पनि अभिनय देख्न सकिन्छ भने नव कलाकार सुनिल गौतमलाई डेब्यु मोडेलको रुपमा प्रस्तुत गरिएको छ ।गेस्ट आर्टिष्टको रुपमा गायिका सन्ध्या बुढालाई पनि देख्न सकिन्छ ।

भिडियो ओ बि रायमाझीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।यस सांगितीक कार्यको युनिक खवर डट कमको तर्फ देखि पुर्ण सफलताको कामना!

गीतको पूरा भिडियो हेर्नुहोस:

Related Post
दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

'आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ' भनेको सुन्दा, किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किनकि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोगशालाको बिद्यार्थी हौं । तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुनेरहेछ ।

मल्टिट्यालेन्ट चर्चित मोडल ओबि रायमाझिको रेलको तखत टिक टक मा भाइरल

मल्टिट्यालेन्ट चर्चित मोडल ओबि रायमाझिको रेलको तखत टिक टक मा भाइरल

पछिल्लो समयमा मोडलिङ क्षेत्रमा राज गर्दै आएका मोडल ओबी रायमाझीले ‘रेलको तखत...’ बोलको गीत रिलिज गरेका छन् ।मोडलिङमा निकै ख्यातिप्राप्त रायमाझीले शुक्रबार आफ्नै आवाजमा ‘रेलको तखत...' बजारमा रिलिज गरेका हुन् । प्रकाश पराजुलीको शब्द रहेको दोहोरी गीतको संगीतसमेत उनैले गरेका छन्.........