दलित
कबिता दलित:दिपसन छिनाल
तल्लो जात भनी दलितलाई हेप्ने यो छाप कस्तो,
लाग्छ मलाई २० औँ शताब्दी पहिले घोर पाप गरे जस्तो
हावा चल्छ धन चल्छ किन चल्दैन जल यहाँ
दलित कै शिप्ले सजिएको मन्दिरमा पस्न पाइँदैन त्यहाँ
दमाई दाइले सिलाएको राष्ट्रिय झण्डा सम्मान दियो
तर किन दमाई दाई यो समाजमा अपमान भइदियो
काटे सबको रगत रातै आउँछ छैन कुनै फरकउपल्ला जात स्वर्गमा,तल्लो जात बस्या छैन नरक।
-वामीटक्सार,गुल्मी