-कमलराज श्रेस्ठ,प्रदेश सभासद को छोटो कविता

कुर्सीमोह

कुर्सीमोही ए हाम्रा नेता हो

नेकपाको एकता कता गो ?

खेल भयो कुर्सी र सत्ताको

हामी भयौँ यता न उताको ।

 एउटाले अर्कोलाई मात्रै दिन्छौ दोष

जनताले हेरेकाछन् छैन तिम्लाई होस 

बाँडी चुँडी नगरेर गर्छौ खोसाखोस 

आफ्नै घरमा गर्न थाल्यौ आगो झोँसाझोस ।

यति हण्डर खाँदा पनि सुध्रिएन मति

अब होला भन्दा खेरि गर्न थाल्यौ खति

अहिले सम्म जे भो भयो अब भयो अति

जनताले सहने छैनन् अब एक रति

संसारलाई फेर्छु भन्ने आफै नफेरिने

कुर्सी भन्दा अरु कुरा हेर्दै नहेरिने ।

धोती धरो फुस्की सक्यो छैन अझै सुद्दी

ठूला ठूला कुरा गर्थ्यौ कहाँ गयो बुद्धि  ?

 -कमलराज श्रेस्ठ,प्रदेश सभासद

Related Post
नेपालमा शैक्षिक परिवर्तनको आवश्यकता:चिन्तामणी सापकोटा

नेपालमा शैक्षिक परिवर्तनको आवश्यकता:चिन्तामणी सापकोटा

आज विज्ञानले धेरै फड्को मारिसकेको छ जसले गर्दा विश्व दिन प्रतिदिन सॉघुरोमा परिणत हुँदैछ।आज अमेरिका,चीन जापान जस्ता देशहरूले विकासमा धेरै अगाडि फड्को मारिसकेका छन।केही समय अगाडि

गजल

गजल

सबैको मन एउटै हुन्न के के सोच्छन् ब द मा स हरु , गिद्धेदृष्टि परेका छन् ओठमा लालीको तीजमा सानु तडक भडक नगर धेर बेला पनि राम्रो छैन अचेल । नपर्ख उसलाई भर छैन द्यौरालीको तिजमा सानु ।। नजाउ घरबाट टाढा कोरोना सर्ला भन्ने डर छ , नमान डर कसैको तिमी गालीको तिजमा सानु ।।