नेपाली कांग्रेसद्वारा भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा,आज साँझ राँके जुलुस

नेपाली कांग्रेसले भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा गरेकाे छ । आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएकाे छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे । 

कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

आज राँके जुलुस,भाेली वृहत प्रदर्शन सहित रुपन्देही बन्द तथा  नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन,प्रदेशसभा घेराउ र धर्ना लगायतका कार्यक्रमहरु गर्ने निर्णय भएकाे का‌ग्रेस नगर सभापति खेलराज पाण्डेयले जानकारी दिए ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।