महेन्द्र आदर्शले आफ्नो ६६ औं बार्षिकोत्सब पुष २६ गते मनाऊॅने

युजिन ,वामीटक्सार✍️
महेन्द्र आदर्श नमुना मा वि वामीटक्सार गुल्मीले आफ्नो ६६ औं बार्षिकोत्सब यस बर्ष पनि भव्यताका साथ मनाऊदै छ।कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका लागि बिभिन्न निर्णयहरू गरिएको छ।कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति बनाऊने योजनाका साथ सबै अभिभावकहरु लाई पत्राचार गरिएको छ।यसै सन्दर्भमा पुष २६ गते बिद्यालयमा औपचारिक कार्यक्रम आयोजना गरिएको बिद्यालयका शिक्षक बिष्णुप्रसाद आचार्यले जानकारी दिनुभएको छ।
शिक्षक आचार्यले युनिक खवर डट कम लाई दिएको जानकारी अनुसार पुष २६ गते प्रभातफेरि,आसन ग्रहण,राष्ट्रिय गान,स्वागत गीत,वार्षिक उत्सवको उद्घाटन,सरस्वतीको फोटोमा माल्यार्पण, अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता (अङ्ग्रेजी माध्यममा) मा.वि. Brain drain "A loss for Nation".

,प्रधानाध्यापकको प्रतिवेदन,सम्मान कार्यक्रम,शुभकामना मन्तव्य,मार्चपास/पी.टी.,कराँते/तेक्वान्दो प्रदर्शन,जलपान, छात्रवृत्ति वितरण,अभिभावक कुर्ची दौड,पुरस्कार वितरण गरिने छ।
बार्षिकोत्सबको समापनको दिन पुष २६ गते साँझ दीपावली कार्यक्रम आयोजना गरिएको शिक्षक सम्झना कंडेलले बताऊनुभयो। कंडेलका अनुसार पुष २४ गते देखिनै बिद्यालयमा बिद्यार्थिहरू बिचमा आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गरिएको छ।