प्रधानमन्त्रि ज्यू भ्रस्टहरू लाई पाता कसौं:युवा नेता चन्द्र भन्डारी
रामकृस्ण कंडेल,गुल्मी
नेपाली कॉग्रेसका युवा नेता डाक्टर चन्द्र भन्डारीले प्रधानमन्त्रि के पी शर्मा ओली संग नेपालका भ्रस्ट हरू लाई पाता कस्न आग्रह गर्नु भएको छ।भष्ट्रचार सरकारका वरीपरी दमाह र नर्सिंह बजाई रहेको छ भन्दै डा.भन्डारीले तँ ठुलो कि म ठुलो भनि सरकार र सम्वन्धित संबैधानिक निकायलाई चुनौँति दिईरहेको अवस्थामा देशका हानिकारक खराब तत्व हरू लाई भाषण बाट भन्दा पनि ब्यबहार बाटै पाता कस्न आग्रह गर्नु भएको छ।देशमा बढिरहेको बिकृति र बिसंगति लाई कम गर्नका लागि पार्टी भित्र र बाहिर बिभिन्न अभियान मार्फत अगाडि बढि रहेका युवा नेता डा.भन्डारीले फेसबुक वाल मार्फत आफ्नो धारणा यसरी प्रस्तुत गर्नु भएको छ:
विकासका योजनाहरुको मिलेर ठेक्का लिने काम नगर्ने ,किसानको वालीको लागि मलको ठेक्का लिने मल नल्याउने,देशलाई धुजा धुजा बनाएर देशलाई विदेशी संग आश्रीत बनाउने,यी को हुन ? प्रधानमन्त्रि भन्नु हुन्छ भष्ट्रचार कहाँ छ? भष्ट्रचार सरकारका वरीपरी दमाह र नर्सिंह बजाई रहेको छ।तँ ठुलो कि म ठुलो भनि सरकार र सम्वन्धित संबैधानिक निकायलाई चुनौँति दिईरहेको छ।प्रधानमन्त्रि ज्यू भाषण त सुनिएको छ,यी भ्रस्ट हरू लाई पाता कसेको पनि हेरौंन त!