मुसिकोट ४ को आम्डाँडा दाहाचौर दिगामचौर खानेपानी आयोजनाको उद्घाटन ।

सागर भण्डारी,गुल्मी ।

मुसिकोट नगरपालिकाको वडा नं. ४ स्थित आम्डाँडा,दाहाचौर,दिगामचौर खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । ३ महिना अगाडी निर्माण सम्पन्न भई खानेपानी सञ्चालन भएपनि शुक्रवार एक कार्यक्रमकाबीच खानेपानी आयोजनाको उद्घाटन गरिएको हो ।

मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत नगरपालिकाको ७० प्रतिशत र स्थानीय श्रमदान ३० प्रतिशत गरी निर्माण सम्पन्न गरिएको उक्त आयोजनाको नगरप्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख सापकोटाले मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम मार्फत कार्यकालभर सबै घरधुरीमा खानेपानीको पहुँच पुग्ने बताउनुभयो । खानेपानी मानवजीवनको आधारभूत आवश्यकता रहेको भन्दै उहाँले स्वच्छ खोनपानीको पहुँचमा सम्पूणर् नगरबासीलाई पुर्याउन नगरपालिकाले कार्य थालिरहेको बताउनुभयो ।

उक्त आयोजना सञ्चालनका लागि अहिले आम्डाँडा,दाहाचौर र दिगामचौरमा ट्याङ्की निर्माण गरिएको छ । आयोजनाबाट स्थानीय १ सय ३२ घरधुरी लाभान्वित भएका छन्। खानेपानीको समस्या भोग्दै आएका मुसिकोट नगरपालिका वडा नं.४ अन्तर्गत आम्डाँडा, दाहाचौर, दिगामचौर, पुतलीबजार, ग्वादिकाचौर, र सुन्दरवस्तीका स्थानीयहरु आयोजना सञ्चालनमा आएपछि खानेपानीको समस्याबाट मुक्त भएको आम्डाँडा दाहाचौर दिगामचौर खानेपानी तथा सरसफाई योजनाका सचिव राजेश कुमार अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ४ का वडाध्यक्ष ओम बहादुर केसी, उपभोक्ता,स्थानीय लगायतको उपस्थिति रहेको थियो । मुसिकोट नगरपालिकामा अहिलेसम्म ३२ वटा खानेपानी योजना सम्पन्न भएका छन् । १५ वटा योजना निर्माण हुँदै गरेको नगरपालिका वास सयोंजक सिता भुषाले जानकारी दिनुभयो । अहिलेसम्म ३ हजार ४ सय ५० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।