कसरी टर्‍यो कर्णाली संकट ?

नेकपा संसदीलय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव तत्कालका लागि रोकिएको छ । दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता माधवकुमार नेपाल पक्षका ८ जना सांसदले हस्ताक्षर फिर्ता लिन सहमत भएपछि कर्णालीमा उत्पन्न राजनीतिक गतिरोध तत्कालका लागि रोकिएको हो ।

नेपाल पक्षले मुख्यमन्त्री शाहीसँग सहमति गरेपछि असन्तुष्ट पक्षले मंगलबार दिउँसो १ बजेका लागि बोलाएको संसदीय दलको बैठक समेत बसेनन् । १८ जना सांसदमध्ये सात जना बैठकमा अनुपस्थिति भएपछि अविश्वासको प्रस्ताव नै अल्पमत परेको हो ।

मुख्यमन्त्रीले सहमति गरेपछि सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गर्नुभएको छ । छलफल र सहमतिका माध्यमबाट तत्काललाई कर्णालीमा देखिएको राजनीतिक विवाद साम्य भएको नेकपा संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रदेशको मन्त्रीमण्डल नै पुनर्गठन गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री शाही विरुद्ध गत आइतबार यामलाल कँडेलसहितका १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । कर्णाली प्रदेशका प्रतिनिधित्व गर्ने ४० जना सांसदमध्ये ३३ जना नेकपाका सांसद छन् । यता, संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाउनु भएको समाचार शुसिल खड्काले नेपाल टेलिभिजन लाई पठाऊनु भएको छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।