सबैका अनुकरणिय पात्र बागलुड० छिसका मित्रलाल खरेल

रामकृस्ण कंडेल

वास्तवमा हरेक व्यक्ति जन्मै देखि अथवा अस्तित्वमा आउँदानै कुनै एक बिशेष गुण लिएर आएको हुन्छ ।कसैले व्यक्तिगत सुख शान्ति, आनन्द, स्थायीत्व खोज्छन् भने कसैले पारिवारिक वा सामाजिक सेवामा समर्पित भई आनन्द खोज्छन् ।यि दुई मध्ये सामाजिक सेवामा समर्पित युवाको नाम हो मित्र खरेल।सानै उमेरमा २छोरा,५छोरीका बुवा तथा ४नाति नातीनाका हजुर बुवा गन्डकी प्रदेशको बाग्लुड० जिल्ला गल्कोट नगरपालिका९,मल्म,छिसमा जन्मनु भएका मित्र खरेल यस क्षेत्रमा अनुकरणिय काम गर्न रूचाऊने सरल र सभ्य ब्यक्तित्वको रूपमा लिन सकिन्छ।

हरेक दर्शनको अध्ययन गर्ने ,अनुशासन ,सत्यभाषण, परोपकारी आदि सत्कर्महरु गर्ने, वेद ,विज्ञान आदि पढ्ने,कर्तव्यको पालन गर्ने,दान र आदर्शहरु प्रति समर्पित हुनु खरेलको बिशेषता हो।लामो समय सम्म शिक्षण क्षेत्रमा समर्पित हुनु भयो खरेल। साबिक रिघा गा बि स को सरस्वती प्राथमिक बिधालयमा २०बर्ष अध्यापन पश्चात १०बर्ष पहिले पेन्सनमा निस्कनु भएका खरेलको रूचीको बिषय बन्यो पत्रकारिता,कृषि र उद्धोग।सॉच्चिकै समय लाई खेर नफाल्नेहो भने एऊटै ब्यक्तिले धेरै काम हरू गर्न सकिन्छ भन्ने उदाहरण मित्र खरेल लाई लिन सकिन्छ।

बाग्लुड०को मल्ममा जन्मिएर त्यस क्षेत्रमा लुकेर रहेका थुप्रै बिसय हरू लाई समाचारको रूपमा पस्किएको बताऊनु हुन्छ खरेल।केहि बर्ष पहिले देखि शिक्षण कार्य बाट अबकास भए पश्चात सकृय रूपमा पत्रकारितामा भुमिका निर्बाह गरी०७०सालमा गल्कोट पत्र साप्ताहिक मार्फत सम्मानित भएकोमा आफु लाई भाग्यमानी ठान्नुहुन्छ खरेल।

सधै नयॉ काम गरेर समाजमा आफ्नो परिचय बनाऊन रूचाऊने खरेल गल्कोट नगरपालिका भित्र १मात्र निजी बन दर्ता गरिएको छ त्यो खरेलकै भएको बताईएको छ।झन्डै २३रोपनी क्षेत्रफल भएको जंगल लाई निजी वनमा दर्ता गरी घर नजिकै राम्रो संग कास्ठ उधोग सन्चालन गरिरहनु भएको छ।उहॉको उक्त जंगलमा सयौ रूख हरू सम्पतीको रूपमा रहेका छन।

परम्परागत कृषि प्रणाली बाट आर्थीक सफलता हुन नसक्ने बिचार ब्यक्त गर्नुहुने खरेलले आफ्नो खेतमा धान नरोपी सबै खेतमा कोदो रोपेर यसको संरक्षणमा लागी पर्नु भएको छ।ब्यबसायिक कृषकको परिचय समेत गराई सक्नु भएका खरेलले आफ्नै जग्गामा५००रूख कागती रोप्नु भएको छ।खरेलको कागती बगैचामा धेरै जसो बोट हरूले फल लगाई सकेका छन।

खरेलले आफ्नो जग्गामा तरूल खेती लाई पनि निकै महत्वका साथ लगाऊनु भएको देखिन्छ।जग्गा लाई कुनै पनि हिसाबले खेर नजाओस भन्ने उध्देश्यले पाटोको कुनाको भाग सबैमा मिहिनेतका साथ तरूल हरू आधुनिक तरिकाले लगाऊनु भएको छ।टिमुरका सयौं बोट हरू,बिभिन्न जातका केराहरू,सुन्तला आदिले त्यहॉ पुग्ने सबै लाई लोभ्याऊछन।

यसै गरी उहॉको बारीमा सयौं घार मौरी हरू रहेका छन।ब्यबसायिक मौरी पालक कृषकको रूपमा समेत अगाडि बढ्ने रहर खरेलको देखिन्छ।मध्य पहाडि लोकमार्गको खर्बाड०/हटिया खन्डको बिच बडागॉऊ भन्ने स्थान नजिक बाट रिघा तर्फ जाने सडक हुदै खरेलको निवास छिस पुग्दा लुकेको स्वर्गको अनुभुती हुन्छ।रिघा नपुग्दैको भागमा पर्ने उहॉको निवास नजिकै बाटोमा हिड्ने बटुवा हरू लाई सितलता प्रदान होस भन्ने सोचाईका साथ आफ्नै खर्चमा खरेलले आकर्षक कटेज समेत निर्माण गरेको देखिन्छ।

कहिल्यै पनि बैदेशिक रोजगारिले आफु लाई मन जित्न नसकेको बताऊनु हुने खरेलले पसिनाको मुल्य चिन्न सक्यो भने आफ्नो मातृभुमीमै पैसा कमाऊन सकिने बताऊनु हुन्छ।’साग र सिस्नु खाएको बेश आनन्दी मनले’भन्ने साहित्यिक भनाई बाट प्रभाबित खरेलले जे सकिन्छ जन्मभूमीमै गरौ भन्ने बिचार पस्किदै आएको बुझिन्छ।

जिवनका हरेक क्षणमा आफ्नो जिवन साथीले सकारात्मक सहयोग गर्दै आएको बताऊनु हुने खरेलले जिवन साथीको नाममा एऊटा किराना पसल दर्ता गरि सन्चालनमा रहेको समेत बताऊनु भयो।’उनले कृषि र पशुपालनमा समेत मलाई साथ दिएकी छन’खरेलको भनाई थियो।

समाजमा आफु कहिल्यै पनि अन्याय अत्याचार लाई सहेर नबसेको बिगत संस्मरण गर्दै खरेलले भन्नु भयो ‘अन्याय सहनु भनेको पाप हो’।सेवानै धर्म हो भन्ने धार्मिक बिचार लाई मार्ग दर्शक सिध्दान्त ठान्नु हुने खरेलले दिन दु:खी हरूको पिडामा आफुले सक्दो सहयोग गर्दै आएको बताऊनु हुन्छ।’ब्यबस्था परिबर्तन प्रती खुसी जनाऊनु हुने खरेलले जनता अधिकार सम्पन्न हुनु राम्रो हो तर बास्तबिक रूपमा अझै आधारभुत बर्गले परिबर्तनको अनुभुती गर्न पाएको छैन,यसमा सबैको ध्यान पुग्न जरूरी छ’हामी संगको कुराकानीको क्रममा खरेलको भनाई थियो।

भौगोलिक हिसाबले अत्यन्तै शुन्दर,मध्यपहाडि लोकमार्गको निकै नजिक,मगर समुदायको बस्ति रिघा र कॉडेबासको नजिक रहेको क्षेत्रमा बसाई रहेकोले यस क्षेत्रमा रिसोर्ट सन्चालनमा ल्याऊने सोच छ खरेलको।खरेलको घर बाट बाग्लुड०को कॉडेबास,बिरकोट, गुल्मी ददल्का,अर्लाड०कोट,डॉसिकोट,लामाखेत,दाड०सिड०,पाणथोकका बस्ति,फॉट हरू,दरमखोला आदिको दृस्यले सॉच्चिनै त्यहॉ पुग्ने हरू लाई लुकेकै स्वर्गको अनुभुति हुने गर्दछ।समयमै मित्र खरेल जस्ता स्वाभिमान ब्यक्ति हरू लाई कदर गर्दै देशमा केही गर्नु पर्छ भन्ने भावका साथ कर्तब्यपथमा अगाडि बढेका ब्यक्तित्व हरू लाई राज्यपक्ष बाट आबश्यक सहयोग जुट्न जरूरी छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।