ढोरपाटन बाढीपहिरो : ११ जनाको शव भेटियो, ३० बढी बेपत्ता

कमल पौडेल,बागलुङ

ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ ।

गए राति परेको अविरल वर्षाको कारण ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ भूजिखोलाको शिर देउरालीमा ठुलो पहिरो जाँदा ३१ भन्दा बढी घरमा पूर्ण क्षति भएको छ भने ३० जना भन्दा बढी बेपत्ता भएका छन् ।

ढोरपाटन उपत्यका छिर्ने नाका देउराली भन्ने स्थानमा पहिरो गएको हो । देउराली भुजी खोलाको मुहान पर्दछ । सोही स्थानवाट पहिरोले भुजिखोला किनारका वस्ती वगाउँदै झरेको हो। त्यहाँ वगाएका शवहरू ४५ किलोमिटर तल पनि भेटिएका छन् ।

बागलुङ कै ढोरपाटन नगरपालिकाको विभिन्न भाग, बडिगाड गाउँपालिकाको विभिन्न भाग र गुल्मीको मुसिकोट नगरपालिकाका केही स्थानमा समेत शव भेटिरहेको बताइएको छ ।अहिलेसम्म ढोरपाटन नगरपालिका वडा नं. ९ को वर्ष २६ को केशमाया विकको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ । ४ जना घाइतेको उद्धार गरिएको छ ।बाढीले लाकुरीबोटमा १५ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्डेमा १ घर, बगाएको छ ।

सुकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत बगाएको छ । साबिक बोवाङमा रहेको ३ वटा जलविद्युत योजना, ३ वटा झोलुङ्गे पुल पनि बगाएको छ । अहिले उद्धार र क्षतिको विवरण सङ्कलन भइरहेको घटना स्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभएको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।