भदौ १४ गतेको मन्त्रिपरिषदले गरेका निर्णयहरु

भदौ १४ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।  देशमा कोरोना भाइरसबाट संक्रमित  तीव्र गतिमा बढिरहेकाले सरकारले शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द नै राख्‍ने निर्णय गरेको एक मन्त्रीले खरीबोटलाई जानकारी दिएका छन् ।

त्यसैगरी सरकारले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरेको छ । हवाई कम्पनीहरुले उडान सञ्चालनको पूर्वतयारी गरिरहँदा सरकारले भने भदौ १५ सम्म रहेको उडान स्थगनलाई बढाएर मसान्तसम्म पुर्‍याएको हो ।

साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो । अहिलेको यो निर्णयपछि अब विद्यालय भदौ मसान्तसम्म नखुल्ने भएका हुन् । लकडाउन हटेपनि अहिले देशभरका करिब ५० जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

त्यस्तै सरकारले वैदेशिक रोजगारीका जुन देशले कामदारहरूलाई खुला हुन्छ सोहि देशका श्रम इजाजत खोल्दै जाने निर्णय गरेको छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।