नेकपाको मुसिकोट नगर कमिटी सचिबालय बैठक वामीटक्सारमा सम्पन्न।

रामकृस्ण कंडेल,वामीटक्सार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मुसिकोट नगर कमिटी अन्तर्गतको सचिबालय बैठक वामीटक्सारमा सम्पन्न भएको नगर अध्यक्ष खुमबहादुर थापाले युनिक खवर डट कम लाई बताऊनु भएको छ।नेकपाको सचिबालयमा रहेका अधिकांस नेता हरूको बैठकमा शहभागिता रहेको बताईएको छ।नेकपाको सचिबालयमा पार्टीका वडा इन्चार्जहरू,वडा कमिटी अध्यक्ष हरू र निर्बाचित वडाध्यक्ष हरू रहेको२७जना रहनुभएको छ।

बैठकले मुसिकोट नगरभित्र बिकास निर्माण,पार्टी संगठन बिस्तार लगायतका महत्वपुर्ण बिषयमा छलफल पश्चात निर्णय हरू समेत गरिएको नगर कमिटी अध्यक्ष थापाले बताऊनु भयो।नगर भित्रका सबै वडाका वडा इन्चार्ज र वडा कमिटी अध्यक्ष हरूले वडाको सम्पुर्ण अबस्थाको बारेमा यथार्थ रिपोर्ट पेश गर्नु भएको थियो।

बैठकमा प्रमुख अतिथीको रूपमा लुम्बिनी प्रदेश कमिटी सदस्य बोमबहादुर खड्का,नगरप्रमुख शोमनाथ सापकोटा,नगर उपप्रमुख कमला शर्मा,जिल्ला कमिटी सदस्य हरू क्रमश सिता भुसाल,अर्जुन आचार्य,गोबिन्द बि क,सुरेन्द्र नेपाली,युबराज खरेल लगायतका नेता हरूको बिशेष उपस्थिती रहेको थियो।

बैठकले पार्टी नेता कार्यकर्ता हरूले त्यागको बानी बिकास गर्दै ऐतिहॉसिक महत्व लाई बुझेर अगाडि बढ्ने निर्णय गरिएको बताईएको छ।मुसिकोट नगर कमिटी अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता तथा सचिब अग्निधर लोहनीको सन्चालनमा बैठक सम्पन्न भएको थियो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।