“जीवन र जिविका चलाउने बाध्यताले सबै क्षेत्र खुला”- प्रवक्ता ज्ञवाली

सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले  कोरोना महामारी नरोकिए पनि जीवन र जिविकालाई चलाउन सबै क्षेत्र खुला गरिएको बताउनु भएको छ  ।नेपालमा संक्रमण बढी नै रहेको भएपनि हाम्रा केही बाध्यताले लकडाउन खुकुलो पार्नुपरेको उहाँको भनाइ थियो ।

मन्त्रीपरिषदको पछिल्ला २ वटा बैठकका निर्णयहरु जानकारी दिने क्रममा प्रवक्ता ज्ञवाली कोरोना संक्रमण नियन्त्रणको  अझै पूर्वानुमान गर्न सकिएको छैन भन्नुभयो । अहिले बजार खुला गरेको जोखिम कम भएर होइन बाध्यताले हो- उहाँले भन्नुभयो ।अब चाढवाडको समयमा स्वास्थ्य सतर्कता थप अपनाउन प्रवक्ता ज्ञवालीले सबैसँग आग्रह पनि गर्नुभयो ।

पछिल्ला २ वटा बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले अब ७ वटै प्रदेशमा कृषि केन्द्र स्थापना गर्न नेपाल सरकार र इजरायल सरकारबीच MOU गर्न स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।उहाँले सो सहकार्यले उच्च प्रविधि प्रयोग गरेर कृषिमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास उहाँको थियो ।

यसैगरी शसस्त्र प्रहरीका गोताखोरका लागि दैनिक ३ सयका दरका दरले भत्ता र १० लाखको विमा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।यसैगरी सरकारले एशियाली विकास बैंकबाट करिव १८ अर्व नेपाली रुपयाँ वरावरको सौलियत ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।