गुल्मी वामीटक्सारको ४लाख प्रकरण पु:न चर्चामा,न्याय खोज्दै पिडीत महिला जिल्ला प्रहरी कार्यलय गुल्मीमा

रामकृस्ण कंडेल,वामीटक्सार


घटना घटेको लामो समय पश्चात चर्चामा आएको गुल्मी वामीटक्सारको ४लाख प्रकरण पु:न चर्चामा छ।केहि समय पहिले घटना संग सम्बन्धित ब्यक्ति अर्जुन कार्कीले बिभीन्न मिडिया मार्फत आफ्ना बिचार हरू ब्यक्त गरेपश्चात तरंगित मावल सेलाऊन नपाऊदै घटना संग सम्बन्धित अर्को पक्ष(महिला पक्षले) पनि घटना र आफ्ना धारणा हरू खुलेरै ब्यक्त गरेको देखिन्छ।आफु आफ्नै पसलमा काम गरिरहेको बेला अर्जुन कार्की भन्ने ब्यक्तीले मादक पदार्थ सेवन गरेर आई आफु लाई यौन दुरब्यबहार गरेको तर उतिखेर समाज र परिवारका सबै जनाले न्यायको अनुभुती ब्यबहारीक तवरमा दिन्छौ गल्ती स्वीकारेको छ भनेकोले आफुले थप कदम केही नचालेको तर पछिल्लो समय कार्कीले जापान पुगिसके पछी बिभीन्न धम्की तथा मिडीया हरू प्रयोग गरेकोले आफुले बास्तबिक न्याय प्राप्त नगरेको भन्दै घटनाको पिडित भगवती सापकोटा जिल्ला प्रहरी कार्यलय तम्घासमा आफु लाई न्यायको माग गर्दै पुगेको बताईएको छ।घटना घटेको १बर्ष भित्र सम्म पिडित महिला पक्षले यौन दुरब्यबहार सम्बन्धी मुध्दा अगाडी बढाऊन सक्ने संबिधानमा ब्यबस्था भएको कानुनी अधिकार प्रयोगगरी अगाडि बढेको पिडित महिला भगवती सापकोटाको भनाई रहेको छ।महिला आयोग वा अदालतको बाटो नरोजेर किन जि प्र का मार्फत अगाडि बढ्ने इच्छा ब्यक्त गर्यो पिडित पक्षले रहस्य गर्भमै छ।

के छ त कानुनी प्रावधान यौन दुरब्यबहार सम्बन्धी?

पिडीत महिला भगवती सापकोटा लाई अन्यायमा पर्न नदिने र जुनसुकै निकाय बाट भए पनि पीड़ित महिला लाई न्याय दिलाएरै छोड्ने महिला अधिकार कर्मी बिस्णु कुमारी सापकोटाको भनाई रहेको छ।समाजमा महिला हरूले बिभीन्न समस्या हरू खेप्दै आएको भन्दै महिला नेतृ सापकोटाले यौनदुर्ब्यहार हामी सबैले सहन नहुने धारणा ब्यक्त गर्नु भएको छ।सापकोटाले मुसिकोट नगरपालिकाको न्यायिक समितीले एऊटा महिला अन्याय पर्दा टुलुडुलु हेरी बस्नु लज्जासपद भएको बताऊनु भएको छ।तात्कालिक समयमा आफुले कानुनी बाटो नरोजेको स्मरण गर्दै पिडित महिलाको श्रीमान श्रीकृस्ण सापकोटाले अब आफ्नी श्रीमतिको इच्छा अनुसार पिडक अर्जुन कार्की लाई कानुनी कार्बाहीका लागि अगाढी बढ्ने र परिवारले श्रीमति लाई पुरै साथ दिने भनाई राख्नु भएकोछ।

आफ्नो वडाको नागरिकको हैषियतले आफुले खेलेको सकारात्मक भुमिकाको संस्मरण गर्दै मुनपा४का वडाअध्यक्ष ओमबहादुर के सी ले घटना घटेको राती९:३०बजे मात्रै घटनाको बारेमा आफु लाई थाहा भएको भन्दै अर्जुन कार्कीका परिवारजनकै आग्रहमा घटना स्थानीय रूपमै मिलोस भन्ने चाहनाका साथ आफु लागेको तर ४लाख जरिवानाको सम्बन्धमा जनप्रतिनीधीको कुनै संलग्नता नरहेको बताऊदै आऊनु भएको छ।आफु वडानं८का वडाध्यक्ष नारायण सापकोटा सहित घटना घटेको अर्कोदिन बिहान वामीप्रहरी चौकी पुगेको बताऊदै त्यहॉ थुनामा रहेका अर्जुन कार्की लाई बाहिर निकाल्न आग्रह गरेको बताऊनु भएको छ।वडाध्यक्ष के सी ले आफु समक्ष कार्कीले गल्ती स्विकारगरी धुरूक्कै रूदै केश अगाडि नबढाऊने बाताबरण मिलाऊन आग्रह गरेकोले पिडीत पक्ष लाई आफुले अगाडि नबढ्न आग्रह गरेको समेत बताऊनु भएको छ।वडानं७मा घटना घटेको कारण मेरो बिशेष आग्रहमा वडानं७का वडाध्यक्ष प्रकाश काफ्ले छोटो समयका लागि प्रहरी चौकीमा आई फ़ौजदारी केश भएकोले कानुन अनुसारको कार्बाहि अगाडि बढाऊन साथै स्थानिय रूपमा केश नमिलाऊन आग्रहगरी चौकी बाट फिर्ता भएको बताऊनु भयो।वडाध्यक्ष के सी ले भन्नु भयो:’यो बाहेक प्रकाशजीको कुनै भुमिका छैन’।लाठी चार्ज गरेर जरिवाना गराईएको होईन,पिडीत र पिडक पक्ष बिच सहमती गर्ने पछी जापानमा पुगेर सहमती उलंघन गर्नु कार्कीको बेईमानी भएको के सी को भनाई रहेको छ।

यसै प्रसंगमा मुसिकोट नगरपालिका ७,गुल्मीका वडा अध्यक्ष प्रकाश काफ्लेले आफु लाई केही ब्यक्ती र सन्चार माध्यमले पुर्बाग्रही ढ़ंग बाट प्रस्तुत गर्न खोजेकोमा खन्डन गर्दै आऊनु भएको छ।काफ्लेले जापानबाट विदामा आएका मुसिकोट ४ बडागाउँ, पाखीडाँडाका अर्जुनबहादुर कार्की लाई झुटा आरोपमा फसाएर रु ४ लाख असुलेको घटना सार्वजनिक भएको भन्दै केही समाचार माध्यममा नियोजित ढंग बाट आफ्नो बिरूध्दमा समाचार हरू लेखिन थाले पछी काफ्लेले भन्नु भएको छ‘सामाजिक संजाल को माध्यमबाट सबैले विभिन्न बिषय राख्छौं । यो सूचना प्रबिधिको प्रयोग आवश्यक चिज भएको छ।तर जब नियोजित ढंगले वडा अध्यक्षले खाएको पैसा फिर्ता माग्दा मुद्दा हाल्ने धम्की दिएको जस्ता शिर्षक बनाएर कपोकल्पित , झुठो कुरामा एउटा वेबसाईटमा राखेर त्यसलाई समाचार जस्तो बनाएर फैलाउने कोसिस गरिन्छ त्यो मेरो लागि मात्र नभएर भोलि जसले जे गरे पनि हुन्छ भने गलत संदेश जाने मात्र नभई कुनै पनि नागरिक कुनै पनि बेला प्रताडित हुने अबस्था आउने बताऊनु भएको छ।वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको बताऊनु भएको छ।आफु लाई किन बेकारमा तान्ने र बिबादास्पद बनाउने प्रयत्न गरिएको छ बुझ्न नसकेको बताऊदै आऊनु भएको छ।

अर्जुन कार्कीकै आग्रहमा केश अगाडी नबढाऊन र कमिकमजोरी स्वीकार गर्दै सामाजिक कार्य गर्ने प्रतिबध्दताका आधारमा प्रतिक्षालय निर्माणका लागि राखिएको ४लाख दुबै पक्षको सल्लाह बमोजिम मुनपा७टार निवासी चुरामणी सापकोटाको जिम्मामा राखिएको छ।कार्कीले जापान पुगिसकेपछी पैसा फिर्ता गर्न पटक पटक दबाब दिएको र कोरोनाको समस्याको कारण हाल सम्म प्रतिक्षालय निर्माण हुन नसकेको सापकोटाको भनाई रहेको छ।जापानमा रहेका अर्जुन कार्की संग हामीले सम्पर्क गर्दा कार्कीले आफु मर्कामा परेको र उक्त रकम आफु लाई फिर्ता गरिनु पर्ने भनाई रहदै आएको छ।एकाएक चर्चामा आएको ४लाख प्रकरण के कसरी सेलाउला सबैको चासोको बिषय बनिरहेको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।