धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु नेतृत्व प्रतिको बेइमानी हो:गौतम
रामकृस्ण कंडेल,साऊन३२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिस्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालका स्वकिय सचिब मोहन गौतमले धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु नेतृत्व प्रतिको बेइमानी भएको बताऊनु भएको छ।गौतमले’आज शक्तिको उन्मादमा जे पनि लेख्ने, लेखाउने, भ्रम फैलाउने हरूले भोली अर्को त्यस्तै अर्को पात्रको शिकार आफु हुनुपर्यो भने के भन्ने/गर्ने भन्ने पनि सोंच्ने की ? त्यसैले विनम्र अनुरोध छ उन्माद त्यागौं, सबैको यथोचित सम्मान गरौं, आफु को हुॅ र आफ्नो जिम्मेवारी के हो भन्ने बुझौं, चर्काउन होइन मिलाउन लागौं, अपवाद बाहेक सबैको जीवनमा घाम छायाॅ हुन्
पार्टी एकता र सहमती मात्र होइन सरकार र पार्टीको सुसन्चालन नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक सहित सिङ्गो देशको चाहना र आवश्यकता हो । यसमा नेतृत्वका बीचमा बिषय र प्रक्रियामा छलफल, बहस, विमति र सहमति निरन्तर चलिरहन्छ । नेतृत्वका बीचमा कसरी बिधि र प्रक्रिया मिलाउने भनी कोठाभित्र चलेका छलफललाई ढोका बाहिर बसेर सघाउने जिम्मा पाएकाहरूले मनगढन्ते फुर्काहरू गाॅसेर कसैको चाकरी र कसैलाई धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु स्वयं उसले सघाइरहेको नेतृत्व प्रतिको बेइमानी’भएको बताऊनु भएको छ।
नेकपाका युवा नेता समेत रहनु भएका गौतमले आफ्नो फेसबुक वाल मार्फत आफ्नो धारणा राख्दै भन्नु भएको छ’टुक्रा टुक्रामा बिभाजित नेपालको कम्युनिष्ट आन्दोलन कोअर्डिनेशन केन्द्र हुॅदै नेकपा बन्ने अवस्थासम्म विना कसैको योगदान आएको थिएन भलै कतिपय अहिले यो आन्दोलनमा नहुन सक्छन भने कतिपय सॅगै भएर पनि उनका सबै कुरा मन नपर्न सक्छ।’
बिधार्थी आन्दोलन बाट राजनिती जिवनमा प्रबेश गर्नु भएका लोक पृय युवा नेता गौतम भन्नुहुन्छ:’निष्ठा र इमानमा जीवन विताएका अग्रजहरूको अपमान गर्ने अधिकार कसै संग छैन भन्दै षडयन्त्र र बदनियतपूर्ण तरिकाले लेख्नु लेखाउने काम गरी उक्त बिषय पढने सुन्ने निष्ठावान मानिसला उद्धेलित गरेर सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्नु त अक्षम्य अपराध नै हो।’
नीति, बिधि, प्रक्रिया र मापदण्ड विना पार्टी सन्चालन संभव नै छैन भन्दै युवा नेता गौतमले अहिले शक्तिमा हुने कसैलाई आफ्ना आफ्ना ब्यक्ति टिपेर चलाउन सकिन्छ भन्ने लागेको भए पनि त्यो क्षणिक हो र यसले दीर्घकालमा पार्टीलाई कमजोर बनाउॅछ।’