त्रिभुवन नमूना माविको हीरक महोत्सव तयारी तीव्र, ऐच्छिक चन्दा संकलन सुरू

रामकृष्ण कंडेल, वामीटक्सार

बागलुङ जिल्ला बडिगाड गाउँपालिका–२, खर्वाङस्थित श्री त्रिभुवन नमूना माध्यमिक विद्यालयले मनाउन लागिएको हीरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञका तयारीहरू तीव्र गतिमा अघि बढिरहेका छन्। विद्यालयका प्र.अ. ढालमणी भण्डारीका अनुसार घरदैलो र पत्राचारमार्फत गरिने निमन्त्रणा तथा प्रचार प्रसारको करिब ९० प्रतिशत काम पूरा भइसकेको छ।

ऐच्छिक चन्दा संकलन सुरू

महोत्सवलाई भव्य र सफल बनाउन विद्यालयले ऐच्छिक चन्दा संकलन कार्य औपचारिक रूपमा प्रारम्भ गरेको छ।विद्यालयका प्रधानाध्यापक ढालमणी भन्डारीले युनिक खवर डट कम लाई बताए अनुसार आर्थिक पारदर्शिता र सामुदायिक सहभागितालाई विशेष प्राथमिकता दिइएको छ।

त्यस्तै विद्यालयका पूर्वविद्यार्थी टुंकनाथ खरालले अष्ट्रेलियाबाट निरन्तर ठूलो सहयोग गर्दै आएको जानकारी प्र.अ. भण्डारीले दिनुभएको छ।

खर्वाङ—शैक्षिक, सांस्कृतिक र धार्मिक सम्भावनाको केन्द्र

बडिगाड र दरम नदीको संगम, खड्कदेवीको काख तथा शालिमे मुसिकोटको छायाँमा अवस्थित खर्वाङ क्षेत्र भौगोलिक,सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ।वि.सं. २०१७ मा स्थापना भएको त्रिभुवन नमूना मावि धौलागिरि अञ्चलकै पुराना शैक्षिक संस्थानहरूमध्ये एक हो।

संकलित सहयोग विद्यालय विकासमा

विद्यालयका प्रधानाध्यापक भन्डारीका अनुसार महायज्ञ एवं महोत्सवबाट संकलित आर्थिक सहयोग विद्यालयको भौतिक विकास,छात्रावास निर्माण र बहुप्राविधिक कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ।

हीरक महोत्सवले विद्यालयको ६६ वर्षे शैक्षिक यात्रालाई नयाँ उचाइमा पुर्‍याउने तथा खर्वाङलाई शैक्षिक,धार्मिक पर्यटनको सम्भावना बोकेको क्षेत्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।









Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको