नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी को दु:खद निधन।
नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।श्वा’सप्र’श्वासमा स मस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वा ब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
गाउँमै औषधि पसल चलाइरहेका उनी बिरामीको सेवामा सक्रिय थिए। त्यसै क्रममा उनी बिरामी परेका थिए। भदौ ७ मा बिरामी परेपछि उनको केही दिन गाउँमै उपचार भएको थियो।तर त्यहाँ अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरका प्रमुख नगेन्द्रप्रसाद चौधरीले उनको ज्यान गइसकेपछि काठमाडौंमै गरिएको स्वा ब परीक्षणमा कोरोना पुष्टि भएको बताएका छन्। उनको सूर्या हेल्थे केयर अस्पताल लाजिम्पाटमा गरिएको परीक्षणमा कोरोना देखिएको थियो।