पहिरोपीडित रोल्पालीको पीडामा राष्ट्रिय युवा संघ नेपाल को सहयोग

रामकृष्ण कंडेल, युनिक खबर✍️
थवाङ गाउँपालिका- ५, कोटलवारमा श्रावण २७ गते साँझ अविरल वर्षासँगै गएको पहिरोमा परी १३ जनाको ज्यान गएपछि शोकमा डुबेका परिवारको दुःखमा राष्ट्रिय युवा संघ नेपाल,लुम्बिनी प्रदेश कमिटीले साथ दिएको छ।


घटनामा संघका निवर्तमान केन्द्रीय सदस्य नवीन रोकाकी आमाले समेत ज्यान गुमाउनुभएको छ। आफ्नै परिवारमा परेको पीडाका बाबजुद रोका अन्य पीडित परिवारको दुःखमा साथ दिन घटनास्थल पुग्नुभएको थियो।

राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष सन्दिप खत्री क्षेत्रीले कोटलवारको घटना एउटा गाउँको मात्रै नभई सबैको साझा पीडा भएको बताउनुभयो। “१३ जना नागरिकले ज्यान गुमाउनुभएको छ, धेरै परिवार घरबारविहीन हुनुभएको छ। रकम ठूलो नहोला, तर विपद्को समयमा पीडित परिवारसँग हामी छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ,” उहाँले भन्नुभयो।


खत्रीले रोल्पाका विभिन्न क्षेत्रमा अझै बाढीपहिरोको जोखिम कायमै रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। प्रभावित क्षेत्रको अवस्था बुझ्दै आफूहरू राति अबेरसम्म सुनछहरी गाउँपालिका,पोबाङसम्म पुगेको उहाँले बताउनुभयो।

युवा संघका प्रदेश अध्यक्ष सन्तोष ओलीले विपद्को समयमा राजनीतिक आस्था र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा जुट्नुपर्ने बताउनुभयो। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न तथा उद्धार र राहतका कामलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो।


“अहिले पीडितको आँसु पुछ्नु नै पहिलो दायित्व हो। विपद्को समयमा उद्धार, राहत र मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्छ,” अध्यक्ष ओलीले भन्नुभयो।

लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम कायमै रहेकाले जोखिमयुक्त बस्तीका नागरिकलाई सतर्क रहन र सम्भावित विपद्बाट जोगिन पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको