जापानमा मुसिकोट नगरपालिकाको भ्रमणटोलीलाई आयोजित रात्रीभोजमा रेशम फिरिरी
रामकृष्ण कंडेल,युनिक खवर✍️
आज जापानको बुंगो ओनो नगरपालीकाका नगरप्रमुखले मुसिकोट नगरपालिका गुल्मीका नगरप्रमुख जीवन खरेल सहितको नेपाली भ्रमण टोलीको सम्मानार्थ आयोजित रात्रीभोजमा दुबै नगरपालिका संग सम्बन्धित ब्यक्तित्वहरू सहभागी हुनुभएको छ।
नेपाल र जापानका दुबै नगरपालिकाका सहभागिहरू रात्रीभोजमा सहभागीभए पश्चात रेशम फिरीरी भन्ने नेपाली गितमा नाचेर रमाएको त्यहॅा बाट एनआरएनए पुर्व आइसी सी सदस्य हाल बाट एनआरएनए जापानका सल्लाहकार सदस्य तुल्सिराम खरेलले युनिक खवर डट कम लाई जानकारी दिनुभएको छ।
दर्जनौ संघ संस्थाको संरक्षकको भुमिकामा समेत रहनुभएका खरेलले दुई नगरपालिका बिचको भगिनी सम्बन्धले नेपाल र जापानबिच धेरै कुरामा फाईदा पुग्ने बिश्वॅास ब्यक्त गर्नुभएको छ।
हिजो बुंगो ओनो नगरपालिकाले आयोजना गरेको बिशेष कार्यक्रममा दुई नगरप्रमुख हरूले सम्झौता पत्रमा हस्ताक्षर गरिसक्नुभएको छ।सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा ओइता प्रान्तीय तोयोही बिकाश बिभाग महानिर्देशक सिमिजु युताका र जापानका लागी नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुवेदी बिशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।