पेट्रोलको मूल्यमा वृद्धि

काठमाण्डौ

नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ। मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो।वृद्धि भएको मूल्य मंगलबार राती १२ बजेपछि लागू हुनेछ। योसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ।पेट्रोलको मुल्य बढेतापनि अन्य मुल्यहरु भने यथावत राखिएका छन् । डिजेल र मट्टिटेलको मुल्य प्रतिलिटर ९१ रुपैंया कायम गरिएको छ भने खाना पकाउने ग्यास सिलिन्डरको मुल्य १३ सय ७५ रहेको छ ।

Related Post
सुनको मुल्यमा भारी गिरावट

सुनको मुल्यमा भारी गिरावट

कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो।