विश्वविद्यालय अनुदान आयोगमा प्रा. डा. ज्ञान बहादुर थापाको नियुक्ति

रामकृष्ण कंडेल,युनिक खवर

सरकारले विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवमा प्रा. डा. ज्ञान बहादुर थापालाई नियुक्त गरेको छ।गुल्मीको मुसिकोट नगरपालिका- ८ साबिक वामीको मालारानी नजिकैमा जन्मनुभएका थापा लामो समयदेखि उच्च शिक्षाको क्षेत्र संग गहिरो सम्बन्ध राख्दै आएका प्राध्यापक हुनुहुन्छ।उहाँको नियुक्ति यस क्षेत्रका लागि मात्र नभई सम्पूर्ण नेपाली शैक्षिक समुदायका लागि पनि गर्वको विषय मानिएको छ।

शैक्षिक योग्यता र अनुभव

प्रा. डा. थापा अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ,पुल्चोक क्याम्पसमा गणित विभागका प्राध्यापकका रूपमा कार्यरत रहदै आऊनुभएको छ।उहॅाका अनुसन्धान विषयहरू Applied Mathematics, Operations Research, Optimization र Supply-Chain Modeling मा केन्द्रित छन्।थापाले देशका विभिन्न शैक्षिक तथा अनुसन्धान परियोजनामा सक्रिय योगदान दिँदै आएको अनुभवले उहॅालाई उच्च शिक्षाको नीति निर्माण र कार्यान्वयनमा सक्षम बनाएको छ।

उहॅाको शिक्षण शैली विद्यार्थीमैत्री,अनुसन्धान मूलक र सिर्जनात्मक छ। धेरै विद्यार्थीहरूले उहॅालाई प्रेरक गुरुका रूपमा सम्झन्छन्,जसले केवल पाठ्यपुस्तक आधारित शिक्षणमा सिमित नहुने,वास्तविक जीवनका समस्याहरू समाधान गर्ने क्षमता पनि विकास गर्न मद्दत गर्छन्।

यूजीसीमा नेतृत्व र अपेक्षा

विश्वविद्यालय अनुदान आयोग, नेपाल उच्च शिक्षाको गुणस्तर सुनिश्चित गर्ने प्रमुख निकाय हो। यसको सदस्य सचिवको पदमा थापाको नियुक्तिले आयोगको नीति निर्माण,अनुदान व्यवस्थापन, विश्वविद्यालय–क्याम्पस समन्वय र गुणस्तर प्रत्यायन (Quality Assurance & Accreditation) मा नयाँ जीवनशक्ति थप्ने विश्वास गरिएको छ।

विशेषज्ञहरूका अनुसार,थापाको विस्तृत अनुसन्धान अनुभव, व्यवस्थित नेतृत्व क्षमता र नीतिनिर्माणमा दीर्घकालीन दृष्टिकोण यूजीसीलाई अझ प्रगतिशील र पारदर्शी संस्थामा रूपान्तरण गर्न योगदान पुर्‍याउनेछ।

थापाको व्यक्तित्व र योगदान

सहकर्मी र विद्यार्थीहरूले प्रा. डा. थापालाई विचारशील, अनुशासित, र सिर्जनात्मक नेतृत्व भएको व्यक्ति भन्छन्। उहाँले लामो समयसम्म शैक्षिक नीतिहरू,पाठ्यक्रम सुधार र अनुसन्धान परियोजनाहरूमा नेतृत्व दिँदै आएका छन्। उनको दृष्टिकोणले केवल अकादमिक सुधारमा मात्र नभई विश्वविद्यालय क्याम्पसहरूको समग्र व्यवस्थापनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

थापाको नेतृत्वमा यूजीसीले उच्च शिक्षामा गुणस्तरीय सुधार,स्रोतसाधनको न्यायपूर्ण वितरण, तथा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको प्रत्यायन प्रक्रियामा महत्वपूर्ण प्रगति गर्न सक्ने विश्वास गरिएको छ।

बधाई र शुभकामना

प्रा. डा. थापाको नियुक्तिलाई शैक्षिक क्षेत्रले अत्यन्त सकारात्मक दृष्टिले स्वागत गरेको छ। उनको अनुभव, ज्ञान र नेतृत्व क्षमताले यूजीसीलाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्ने विश्वास छ। सम्पूर्ण नेपाली शैक्षिक जगतले उहॅाको सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको