माघ ३० गते एमालेले वामीटक्सारमा बैठक आयोजना गर्यो
वामीटक्सार,गुल्मी
नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोटले माघ ३० गते वामीटक्सारमा नगर कमिटीको पूर्ण बैठक आयोजना गरेको छ।नगर कमिटी सचिब रामकृष्ण कंडेलका अनुसार माघ ३० गते वामीटक्सार स्थित नगर पार्टी कार्यालयमा बैठकका लागि दिउस १ बजे अनिबार्य उपस्थितहुन मुसिकोट नगरका सम्पुर्ण नगर कमिटी सदस्यहरू,यस भुगोल अन्तर्गतका जिल्ला कमिटी सदस्यहरु,प्रदेश कमिटी सदस्यहरू,वडा कमिटी अध्यक्षहरू लाई खवर गरिसकिएको छ।
केन्द्रिय योजना अनुरुप तीन महिने वडा केन्द्रित अभियान सुरुभएको छ।यस अभियान अन्तर्गतका काम मुसिकोट नगरपालिकाका ९ ओटै वडामा प्राथमिकताका साथ सम्पादन गर्नका लागि बैठक मार्फत निर्णयहरू गर्नुपर्ने भएकोले बैठक आयोजना गरिएको सचिब कंडेलले बताऊनुभयो।
समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा(एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्नका लागि नेकपा एमाले एकसाथ मुनपाका सबै घर घरमा पुग्न लागेको नगर कमिटी उपसचिब साबित्रा बिष्ट ले बताऊनुभयो।