सापकोटा सुन्तले परिवारका १५ बर्षिय दीपेशको बेलायतमा पाएको सफलताको समाचार

रामकृष्ण कंडेल,वामीटक्सार✍️

गुल्मी - वामीको माटोमा जरा गाडेको सापकोटा सुन्तले परिवारका एक प्रतिभाशाली युवाले सात समुद्रपारि बेलायतमा ऐतिहासिक सफलता हात पारेका छन्। नेपाली मूलका १५ वर्षीय युवा क्रिकेटर दीपेश सापकोटाले क्रिकेटको ‘मक्का’ मानिने लन्डन स्थित विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा आफ्नो कप्तानीमा टोलीलाई उपाधि दिलाउँदै वामी र समग्र गुल्मीको शिर गर्वले उँचो बनाएका हुन्।

दीपेशको प्रभावशाली कप्तानीमा क्याभलियर्स एन्ड क्यारिङ्टन क्रिकेट क्लबको यू-१५ टोलीले प्रतिष्ठित ‘ईसीबी नेसनल कप- २०२६’ को उपाधि चुमेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कप्तान दीपेशले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै टोलीको ऐतिहासिक जितमा निर्णायक भूमिका निर्वाह गरे।

साबिक वामी गाविस-५,अर्छुङ तथा हाल मुसिकोट नगरपालिका-७ निवासी सुन्तले परिवारका गुनाखर सापकोटाका नाति एवं दीपक सापकोटाका छोरा दीपेशको यो सफलताले उनको परिवारमा मात्र होइन,जन्मभूमि वामी, अर्छुङ र सिङ्गो गुल्मी जिल्लामै खुसीको लहर फैलिएको छ।छोराको यो ऐतिहासिक जितपछि युनिक खबर संग कुराकानी गर्दै दिपेशका बुवा दीपक सापकोटाले दीपेशको खेलप्रतिको तीव्र लगाव,अनुशासन र मेहनतको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

विश्व क्रिकेटको मक्का मानिने लर्ड्समा टोलीको नेतृत्व गर्दै उपाधि उचाल्नु दीपेशका लागि मात्र होइन, हाम्रो परिवार र सिंगो जन्मभूमि वामीका लागि अद्भूत क्षण हो,” बुवा दीपकले छोराको खेल कौशलको प्रशंसा गर्दै भन्नुभयो, “उसले सानैदेखि क्रिकेटप्रति जुन समर्पण देखाएको थियो, आज त्यसैको सुखद प्रतिफल मिलेको छ। १५ वर्षकै कलिलो उमेरमा उसले लर्ड्सजस्तो ऐतिहासिक मैदानमा देखाएको धैर्य र नेतृत्व क्षमताले मेरो छाती गर्वले चौडा बनाएको छ।”

पुर्खाको पसिना र सम्झना जोडिएको वामीको माटोदेखि विश्व क्रिकेटको सर्वोच्च थलो लर्ड्ससम्म पुगेका दीपेशले हातमा चम्किलो ट्रफी उचाल्दा यता उनको पुर्ख्यौली गाउँमा गर्वले धेरैका आँखा रसाएका छन्। एउटा कलिलो नेपाली प्रतिभाले लर्ड्सको मैदानमा टोलीको नेतृत्व गर्दै उपाधि उचाल्नु वामीवासीका लागि अविस्मरणीय र ऐतिहासिक क्षण बनेको छ।

सानै उमेरमा अनुशासन, मेहनत र अद्भुत खेलकौशल प्रस्तुत गर्दै आएका दीपेश पछिल्लो समय इंग्ल्यान्डको उमेर समूह क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा स्थापित हुँदै छन्। उनको यो सफलता निरन्तर परिश्रम, पारिवारिक साथ र मातृभूमिप्रतिको गहिरो आत्मीयताको सुन्दर प्रतिफल बनेको छ।

खेल जगतका जानकारहरूले दीपेशले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्दै नेपाली नाम र वामीको पहिचानलाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप उज्यालो बनाउने विश्वास समेत व्यक्त गरेका छन्।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको