साडिको महत्व र प्रयोग विधि

 वैदिक कालदेखि साडि चोली ब्लाउज हिन्दु जैन बुद्धिष्ट श्रीलंकन वंगालीले प्रयोग गर्दै आँको पाईन्छ ।पुराण  महाभारत र सास्तृय सगीित र नृत्यकार पनि सजिलोको लागी साडि प्रयोग गरेको देखिन्छ पछिल्ला दीनहरूमा पनि वैवाहिक समारोहमा र तिजमा अक्सर प्रयोग गरिन्छ भने यदाकदा आजकल  पूजा चाडपर्र्वमा साडी फाटफुट लागाइन्छ अक्सर  कुर्ता सलवार पाईनट सर्ट  लेगईज वानपिस गाउन हापपाइन्ट प्रयोग गरेको देखिन्छ हिज आज साडि व्लाउज जस्तो भेषभूषा तिज  र विवाहामा सिमित हुदै छ पश्चिमा को पोशाक ले बजार ढाक्दै छ ।बरू पश्चिमा हरूँ लगाउन  उत्सुक देखिन्छन ।साडीमा शालिन मात्र देखिदैन, सेक्सी (आकर्र्षक) पनि देखिन्छ । शरिरको वास्तविक ढाँचा पनि देखाईदीन्छ मिलाएर लगाउन जानेमा । यद्यपी साडी लगाउन सजिलो छैन । किनभने साडीसँग अन्य कुराको पनि कम्बिनेसन मिलाउन सकियो भने मात्र साडीमा बढी आकर्षक देखिने हो ।तेसैले होला साडीब्लाउज तलिएगा र तिजमा सिमित भयो  बाआमाको श्राद जस्तो  बर्षको एकदिन

साडीमा आक्रषक लुक्स पाउनको लागि साडीलाई सही तरीकाले पहिरिन आवश्यक छ । अझ साडीमा स्लिम देखिनु छ भने त्यसलाई विशेष तरीकाले पहिरिन जरुरी त छ नै, साडी पहिरिदा विशेष ध्यान पुर्‍याउन पनि उत्तिकै आवश्यक छ ।

१. सानो प्रिन्टको साडी

सानो पि्रन्ट भएको साडीमा बढी स्लिम देखिन्छ । यसले मोटोपनालाई लुकाउनुका साथै शरीरलाई आर्कषक देखाउन मद्दत गर्छ । जबकी मोटो तथा लामो पि्रन्ट भएको साडीले शरीरलाई भद्दा देखाउने गर्छ । त्यसैले , प्रत्येक पल्ट साडी खरीद गर्दा सकेसम्म डेलिकेट पि्रन्ट भएको तथा धेरै नफैलिएको साडी छानौं ।

२. हल्का फैव्रिक

साडी छान्दा त्यसको फैवि्रक शरीर अनुसार छान्ने गर्नु पर्छ । यदी स्लिम देखिन चाहनुहुन्छ भने हल्का कपडा वा फैवि्रक नै छनौट गरौं । कडा तथा फुलेको फैवि्रक अर्थात सिल्क, साउथ सिल्क, आर्गेन्जामा शरीर मोटो तथा फुलेकेा देखिन्छ ।

३. लामो बाउला भएको व्लाउज

केही महिला मोटो पाखुराका कारण साडी पहिरिन मन गर्दैनन् । यो समस्याका कारण चिन्तित हुनुहुन्छ भने छोटो बाउला भएको व्लाउज लगाउन आजैबाट छोड्नुहोस् र लामो बाउला भएको व्लाउन लगाउन सुरु गरौं ।

४. डार्क कलर

डार्क कलर वडा गाढा रङ्गको साडी पहिरिएर पनि पातलो देख्न सकिन्छ । त्यसको लागि साडी छनोट गर्दा सकेसम्म खैरो, रातो, निलो वा कालो रङ्गको साडी छान्नुहोस् ।

५. पातलो बोर्डर

मोटो ज्यान छ र पातला देखिन चाहनुहुन्छ भने सकेसम्म पातलो बोर्डर भएको साडी लगाउनुहोस् । बाक्लो बोर्डर भएको साडीले अनुहारमा हेभी लुक दिन्छ ।

६. सही तरीकाले साडी पहिरिने

सही लुक पाउनको लागि साडीलाई सही तरीकाले लगाउन तथा सही तरीकाले कस्न पनि उत्तिकै जरुरी छ । त्यस्तै, ज्यादा मुजा पार्ने गर्दा तथा आचलमा धेरै प्लेट लगाउनाले पनि शरीर भद्दा देखिने गर्छ ।

जबकी साडी लगाउदा कम प्लेट हाल्नाले सेक्सी देखिन्छ । त्यतिमात्र हैन, पातलो प्लेट्स बनाउनाले कम्मर तथा पेट फेलेको आभास हुदैन ।

पातलो देखिनकै लागि साडीको प्लेट्समा विशेष ध्यान दिन जरुरी छ । त्यस्तै, साडीलाई सही तरीकाले बाध्न तथा कम्मरमा अड्काउन जरुरी छ ।

त्यतिमात्र हैन, यदी तपाई बनारसी वा अन्य कुनै विशेष समारोहमा लगाइने साडी लगाउदै हुनुहुन्छ भने त्यस्ता साडीमा बनाइएका प्लेटस्लाई एकै ठाउमा पिन नगर्नुहोस् । बरु त्यसलाई केही दुरीमा सेप्टीपिनले अड्काउनु होस् । यसो गर्नाले साडी एकै ठाउँमा पोको पर्दैन र मोटी देखिदैन ।

७. कसेर बाँध्नु

अक्सर महिलाहरु साडी कसेर बाध्दैनन् । जसका कारण साडी खुल्ने, चिप्लिने वा विगने डर हुन्छ । साथै मोटी देखिने समेत डर हुन्छ । यस्ता समस्या नहोस् भन्नका लागि पनि साडीलाई कसेर बाढ्न जरुरी छ ।

८. हेयरस्टायलमा ध्यान दिने

साडीमा अग्लो देखिनु छ भने विर्सेर पनि कपाललाई खुला नछोडौ । यदी तपाईको कद अल्लो छ भने एक पटक तपाई कपाल खुला छोड्न सक्नु हुन्छ । तर यदी कद सानो छ भने सकेसम्म पफ बनाउने वा हाई वनवाला हेयरस्टाइल गर्नाले तपाई अग्लो र आर्कषक देखिन सक्नुहुन्छ ।

९. आँचल पातलो राख्ने

साडीलाई सही तरीकाले पहिरिने हो भने साडीलाई सही तरीकाले लगाउन जरुरी छ। यदी कद छोटो छ भने आचललाई खुला छोड्नुकोसाटो साडीको आँचललाई पिनअप गर्नु उचित मानिन्छ । साथै साडीको आँचलमा पातलो प्लेट बनाउनु पर्छ, ताकी त्यो कुमबाट तल नझरोस् । साडीको प्लेट कुममै रहेमात्र स्लिम तथा अग्लो देखिने गर्छ ।

१०. नाइटो मुनी लगाउने

यो साडी लगाउने सबैभन्दा सामान्य तरीका हो। तर धेरै महिलाले यस कुरामा त्यति ध्यान दिएको पाइँदैन। नाइटोको ठिक तल साडी बाढ्नाले शरीर कमजोर पक्ष देखिंदैन र कम्मर छरितो देखिन्छ ।

Related Post