गुल्मीमा डा. उत्तम पच्याको नेतृत्वको टीमले आमा र शिशुको पुनर्जीवन दियो।
गुल्मी जिल्ला अस्पतालका डा. उत्तम पच्याको नेतृत्वको टीमले गरेको कठिन प्रयत्नले अस्पतालमा भर्ना भएकी इस्मा दर्लामचौरकी सुस्मा खत्रीको ज्यान जोगिएको छ।युवा समाजसेवी गणेश श्रीपालिका अनुसार सुत्केरी हुन लाग्दा बच्चा भन्दा अघि नाल निस्किएको खबर डा. उत्तम पच्या सँग पुग्यो ।बच्चा बचाउन असंभव जस्तै यो अवस्थामा डा. उत्तमको मेडिकल टिम जुटेर तत्काल अप्रेशन मार्फत आमा र बच्चाको ज्यान बचाउनु भयो ।मिलिसेकेन्डको ढिलाइ निकै खतरनाक हुन्थ्यो ।अस्पतालको वार्डवाट अप्रेशन वार्ड पुराउनसमेत निकै हतार थियो ।निकै दुर्लभ मात्र सफलता मिल्ने यो अप्रेशन जीवन मरणको कठिन अवधि थियो तैपनि डा. उत्तमको नेतृत्वको टीमले गरेको कठिन प्रयत्नले प्राप्त गरेको सफलताले शिशुको पुनर्जीवन भयो ।यो दुर्लभ सफलताको लागि डा. उत्तमको टीमलाई हार्दिक बधाईको ओईरोनै लागेको छ।