कोराना संक्रमणबाट कांग्रेसका नेता गोविन्द रञ्जितको मृत्यु

भाद्र ९, २०७७ | काठमाडौं

कोरोना भाइरसको संक्रमणका कारण नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना अस्पतालमा उपचारका क्रममा रञ्जितको आज दिउँसो मृत्यु भएको काठमाडौं जिल्ला सभापति सबुज बाँनियाले जानकारी दिनुभयो । 

उच्च रक्तचाप तथा मुटुका रोगी ६७ वर्षीय रञ्जितमा गत साउन २७ गते संक्रमण पुष्टि भएको थियो । उपचारका लागि साउन ३१ गते अस्पताल भर्ना भएका रञ्जितको ३२ गतेदेखि नै आईसीयूमा उपचार सुरु भएको थियो । 

स्वास्थ्य अवस्था गम्भीर बनेपछि चार दिन अघि भेन्टिलेटरमा सारिएका रञ्जितको आज दिउँसो मृत्यु भएको हो । सभापति रञ्जितका छोरा र सम्धीमा पनि कोरोना पुष्टि भएपछि अस्पतालमा उपचार भइरहेको छ भने भतिजी सेल्फ आइसोलेशनमा छन् ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको