एमाले मुसिकोटको आयोजनामा सचिवालय बैठक वामिटक्सारमा सम्पन्न

युनिक खवर,वामिटक्सार✍️

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोटको आयोजनामा आज गुल्मीको वामीटक्सारमा सचिवालय सदस्य स्तरीय बैठक सम्पन्न भएको छ। पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिको बारेमा महत्वपूर्ण छलफल गर्नका लागि बैठक आयोजना गरिएको एमाले मुसिकोटले जनाएको छ।

बैठकमा जिल्ला पार्टीको तर्फबाट नेकपा एमाले गुल्मी जिल्ला पार्टी इन्चार्ज दिनेश पन्थी, जिल्ला कमिटी अध्यक्ष बालसिङ काउछा, लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल गिरि,जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनार,जिल्ला कमिटी सचिब गणेश श्रीपाली, उपसचिव धर्म विश्वकर्मा,मुसिकोट नगर प्रमुख तथा एमाले नेता शोमनाथ सापकोटा,जीवन खरेल लगायतका नेताहरुले महत्वपूर्ण भनाइहरु मन्तब्यको क्रममा राख्नुभएको थियो।

बैठकमा जिल्ला कमिटीमा मुसिकोट बाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरु,नगर सचिवालयका सदस्यहरु,मुसिकोट नगरपालिकाका प्रत्येक वडाहरु बाट वडा कमिटी अध्यक्ष हरुको सहभागिता रहेको थियो।

आजको बैठकले एमालेले मुसिकोट नगरपालिका भित्रका वडाहरुमा पार्टी संगठन लाई मजबुत बनाउनका लागि महत्वपूर्ण रणनीति तयार गरी अगाडि बढ्ने निर्णय समेत गरेको छ।

केही समय अगाडि देखि प्रायोजित ढङ्गबाट प्रत्येक वडाहरुमा विपक्षी राजनीतिक दलहरुले भ्रमहरु श्रीर्जना गरेकोले उक्त भ्रमहरु चिर्दै जनताको हकहितका लागि जस्तोसुकै सकारात्मक भूमिका निर्वाह गर्नको लागि पार्टी तयार भएको र सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएर समस्याहरु संग जुध्नको लागि अगाडि बढ्ने समेत निर्णय भएको बैठकमा सहभागी नेताहरुले बताउनु भएको छ।

बैठकमा अतिथीहरु लाई उहाँहरुले पार्टीको जिल्ला अधिबेशनमा प्राप्त गरेको महत्वपूर्ण जिम्मेवारी को सम्मान गर्दै खुशियालिमा बिशेश सम्मान गरिएको हो।

एमाले गुल्मीले गुल्मी जिल्ला भित्रका प्रतेक पालिकामा पुगि कमिटीका बैठक सप्पन्न गर्ने,आबश्यक निर्णय लिनेगरी काम लाई अगाडि बडाएको जिल्ला अध्यक्ष बालसिङ काउछाले युनिक खवर संगको कुराकानीमा बताउनु भयो।

एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको बैठकमा उपाध्यक्ष रामबहादुर थापाको स्वागत मन्तब्य रहेको थियो भने संचालन नगर कमिटी सचिव गोपीकृष्ण खरेलले गर्नुभएको थियो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।