एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गरेका हुन् । कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उनको भनाइ छ । नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

केही दिनदेखि एमाले बैठक जारी छ । उनी यसअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित भएका थिए । मंगलबार संसदीय दलकाे बैठक बसेकाे थियाे ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको