एमालेले सम्पन्न गर्यो वामीटक्सार पल्टारमा शोकसभा कार्यक्रम

युनिक खबर,वामीटक्सार ✍️

 नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगरपालिका वडा नम्बर ७ को वडा कमिटीको आयोजनामा वामीटक्सार बजार  पल्टारमा शोकसभा कार्यक्रम सम्पन्न भएको छ l ने.क.पा एमालेको संगठन लाई विगत देखि नै सहयोग गर्दै आउनु भएका पार्टीका संगठित सदस्य कृष्णबहादुर कुमालको निधनको सातौं पुण्य तिथिको अवसरमा एमालेले मृतकको आत्माको चिरशान्तीको कामना तथा शोकाकुल परिवार तथा आफन्तजन हरु लाई समवेदना व्यक्त गर्न का लागि उक्त कार्यक्रम आयोजना गरिएको वडा कमिटी अध्यक्ष टोपनारायण श्रेष्ठले बताउनुभयो l 

शोकसभा कार्यक्रममा प्रमुख अतिथि ने.क.पा एमाले मुसिकोट नगर कमिटि अध्यक्ष तथा पार्टीका युवा नेता प्रकाश काफ्ले ले  स्व.कृष्णबहादुर कुमाल पार्टीका लागि अत्यन्तै महत्वपूर्ण व्यक्ति भएको स्मरण गर्दै उहाँको योगदान लाई कहिल्यै पनि बिर्सन नसकिने कुरा व्यक्त गर्नुभयो l प्रमुख अतिथी काफ्ले ले शोक मन्तव्य राख्दै स्वर्गीय कुमाल संस्कृति प्रेमी व्यक्ति हुन्थ्यो भन्दै उहाँको सम्झना पार्टीले लामो समय सम्म सम्झी रहने बताउनु भयो l 

प्रमुख आथिति काफ्ले ले शोक सभामा उपस्थित जनसमुदायहरु लाई सम्बोधन गर्दै आफू निर्वाचित भए पश्चात मुसिकोट नगरपालिका वडा नम्बर ७ पल्टार क्षेत्रमा सडक निर्माण,बिध्युत,पोखरी निर्माण,खानेपानी,गोरेटो बाटो,कुमाल समुदायको संस्कृति संरक्षण,विभिन्न अनुदान लगायतका कामहरु गर्न सफल भएको र पल्टार क्षेत्र लाई विकासको लागि आगामी दिनहरुमा पनि आफूले दिलोज्यान दिएर सक्दो सहयोग गर्ने प्रतिबद्धता का साथ विचार व्यक्त गर्नुभयो l प्रमुख अतिथि काफ्ले ले यस क्षेत्रका आम जन समुदायहरु न्यायको पक्षमा रहेको र उहाँहरु लाई कुनै पनि राजनीतिक दल ले भ्रम सिर्जना गर्न खोजेर त्यो सफल नहुने पनि दाबी गर्नुभयो l पल्टार क्षेत्रका आम,दाजुभाइ,दिदीबहिनीहरु र नेकपा एमालेको सम्बन्ध नङ र मासु जस्तै रहेको बिचार कार्यक्रममा प्रमुख अतिथि काफ्ले राख्नुभयो l 

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य भुवन केसी, जिल्ला सदस्य हरिहर सापकोटा,नगर सचिव गोपीकृष्ण खरेल आथिति को रुपमा ऊपस्थित हुनु भएको थियो l उहा हरुले शोक मन्तब्य राख्दै स्व .कृष्णबहादुर कुमालको योगदानको चर्चा गर्नु भयो  साथै उहाँका सपनाहरु लाई साकार गर्नको लागि नेकपा एमाले पार्टी दिलो ज्यान लगाएर अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो l 

 कार्यक्रममा स्वर्गीय कृष्णबहादुर कुमाल प्रति एक मिनेट मौनधारण गरिएको थियो l 

 शोकसभा कार्यक्रम वडा पार्टी कमिटी अध्यक्ष टोपनारायण श्रेष्ठको अध्यक्षता,वडा कमिटी सचिव लक्ष्मण खराल को सञ्चालनमा सम्पन्न भएको थियो l 

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।