आज हरिशयनी एकादशी

आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारतलगायत विभिन्न मुलुकहरूमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरू व्रत बस्नुको साथै एक पर्वको रुपमा मनाउने गर्दछन् । पुराणहरूका मतानुसार भगवान् विष्णु यस दिनदेखि चार महिनासम्म (चतुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ एकादशी भनिन्छ । एकादशीका दिन प्रातःकाल उठेर घरको सफाई तथा नित्य कर्मबाट निवृत्त भइन्छ । स्नान गरेर पवित्र जल घरमा छर्कने, घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको सुन, चाँदी, तामा अथवा पित्तलको मूर्ति स्थापना गर्ने, त्यसपछि उहाँको षोडशोपचार विधिले पूजन गर्ने र त्यसपछि भगवान् विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने र व्रत कथा सुन्ने गरिन्छ । आरती गरेर प्रसाद वितरण गरेर अन्तमा सेतो चादरले ढाकेको गद्दा (तकिया भएको खाटमा श्री विष्णुलाई शयन गराउने गरिन्छ । व्यक्तिलाई यी चार महिनाको लागि आफ्नो रुचि अथवा अभीष्टका अनुसार नित्य व्यवहारका पदार्थहरूको त्याग र ग्रहण गर्ने गरिन्छ । देह शुद्धि वा सुन्दरताको लागि परिमित प्रमाणको पञ्च गव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षयपूर्वक सकल पुण्य फल प्राप्त हुनाको लागि एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्ने । आजको दिन मधुर स्वरको लागि गुड, दीर्घायु अथवा पुत्र–पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिको लागि तिलको तेल, सौभाग्यको लागि मिठो तेल, स्वर्ग प्राप्तिको लागि पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य जहाँसम्म हुन सक्छ गरिन्न । खाटमा सुत्ने, भार्यासँग मैथुन गर्नु, झूठो बोल्नु, मांस, मह र अरुले दिएको दही–भात आदिको भोजन गर्नु, मूला, पटोल एवं भण्टा आदिलाई पनि त्याग्नु पर्छ ।

एक पटक देवऋषि नारदजीले ब्रहृमाजीसँग यस एकादशीका विषयमा जान्ने उत्सुकता प्रकट गरे । ब्रहृमाजीले उनलाई बताए (सत्य युगमा मान्धाता नामक एक चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा निकै सुखी थिए । भविष्यमा के हुन्छ, यो कसैलाई थाह थिएन । अतः उनी पनि यस कुराबाट अनभिज्ञ थिए कि उनको राज्यमा शीघ्र भयंकर अकाल पर्नेछ । उनको राज्यमा पुरै तीन वर्षसम्म वर्षा नभएका कारण भयंकर अकाल प¥यो । यस दुर्भिक्ष (अकाल) ले चारैतर्फ हाहाकार मच्चियो । धर्मपक्षको यज्ञ, हवन, पिण्डदान, कथा–व्रत आदिमा कमी भयो । समस्या परेको समयमा धार्मिक कार्यमा प्राणीको रुचि कहाँ रहन्छ ? प्रजाले राजासँग गएर आफ्ना वेदनाहरू भने । राजा त यस स्थितिलाई लिएर पहिलेदेखि नै दुःखी थिए । उनी सोच्न लागे कि आखिर मैले यस्तो कुन पापकर्म गरेछु जसको दण्ड मलाई यस रूपमा मिलिरहेको छ ? फेरि यस कष्टबाट मुक्ति पाउने कुनै साधना गर्ने उद्देश्यले राजा सेनालाई लिएर जंगलतर्फ गए । त्यहाँ विचरण गर्दागर्दै एक दिन उनी ब्रहृमाजीका पुत्र अंगिरा ऋषिको आश्रममा पुगे र उनलाई साष्टाङ्ग प्रणाम गरे । ऋषिवरले आशीर्वचनोपरांत कुशल गाथ सोधे । फेरि जंगलमा विचरण र आफ्नो आश्रममा आउनाको प्रयोजन जान्न चाहे । तब राजाले हात जोडेर भने– ‘महात्मन् ¤ सबै प्रकारले धर्मको पालन गर्दा गर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य देखिरहेको छु । आखिर कुन कारणले यस्तो भइरहेको छ, कृपया यसको समाधान गर्नुहोस् ।’ यो सुनेर महर्षि अंगिराले भने– ‘हे राजन ¤ सब युगहरूभन्दा उत्तम यही सत्ययुग हो । यसमा सानो पापको पनि निकै भयंकर दण्ड मिल्दछ । यसमा धर्म आफ्ना चार चरणहरूमा व्याप्त रहन्छ । ब्राहृमणका अतिरिक्त कुनै अन्य जातिलाई तप गर्ने अधिकार छैन । तपाईँको राज्यमा एक शूद्र तपस्या गरिरहेको छ । यही कारण भएर तपाईँको राज्यमा वर्षा भइरहेको छैन । जबसम्म त्यो काललाई प्राप्त हुन्न, तबसम्म यो दुर्भिक्ष शान्त हुनेछैन । दुर्भिक्षको शान्ति उसलाई मारेर नै सम्भव छ ।’ किंतु राजाको ह्दय एक नरपराध शूद्र तपस्वीको शमन गर्नलाई तयार भएन । उनले भने– ‘हे देव ¤ म त्यस निरपराधलाई मारी दिउँ, यो कुरा मेरो मनले स्वीकार गरिरहेको छैन । कृपा गरेर तपाईँ कुनै अरु उपाय बताउनुहोस् ।’ महर्षि अंगिराले भने– ‘आषाढ महिनाको शुक्ल पक्षको एकादशीको व्रत गर्नु । यस व्रतका प्रभावले अवश्य नै वर्षा हुनेछ । राजा आफ्नो राज्यको राजधानी फर्की आए र चारै वर्णहरूसहित हरिशयनी एकादशीको विधिपूर्वक व्रत गरे । व्रतका प्रभावले उनको राज्यमा मूसलधार वर्षा भयो र पूरा राज्य धनधान्यले परिपूर्ण भयो । जय गुरुदेव

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।