षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

माघ कृष्णपक्षको एकादशिलाई षटतिला एकादशिको रुपमा व्रत पुजा गरिन्छ ।

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेकोछ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।

तिल मिसाएर जल पिउने ,तिलबाट हवन गर्ने , श्री हरिलाई तिल भोग लगाउने,तिल दान गर्ने तथा तिल को उच्चारण गर्नाले पनि पुण्य मिल्ने यस षटतिला एकादशिको महत्व रहेकोछ ।

पौराणिक कथा अनुसार एक ब्राह्मणी बिष्णु भगवानको परम भक्त थिइन ।उनले श्री हरिको व्रत पुजा गरी रहन्थिन ।भक्तिको प्रभावले उनलाई मृत्यु पछी बैकुंठ प्राप्त हुन्छ ।बैकुंठमा उनलाई रित्तो कुटी प्राप्त हुन्छ । खाली कुटी देखेर चिन्तित हुँदै व्रम्हाणिले भगवनालई पुकार्छिन ।म हजुरको भक्त भैकन पनि आज मलाई रित्तो कुटी किन ?

नारायण ले आफ्नो दिब्य स्वरुपको दर्शन दिदै भन्नु हुन्छ, हे भक्त तिमीले मेरो पुरा ,व्रत आराधाना त गर्यौो तर म तिम्रो घर भिक्षु रुपमा माग्न आउँदा तिमीले माटोको थुप्रो मात्र दियौ ।

यस कारण तिमीलाई यस्तो फल प्राप्त भएको हो ।यसको समाधानको लागी तिमीले बिधी पुर्वक षटतिला एकादशिको व्रत गर तिम्रो कुटी अन्नले भरिनेछ ।ती महिलाले षट्तिला एकादशिको व्रत गरे पछी व्रतको प्रभावले कुटी अन्नले भरिन्छ र पुर्व जन्ममा दान नगर्दा को परिणाम बाट छुटकारा प्राप्त हुन्छ ।

              अधिक जानकारीको लागि, तपाईंले Playstore मा Mero Kundali एप डाउनलोड गर्न सक्नुहुन्छ । तपाईंले Mero Kundali एप बाट राशिफल पढनुका साथ साथै ज्योतिषलाई नि:शुल्क प्रश्न सोध्न सक्नुहुन्छ, समाचार पढ्न सक्नुहुन्छ,पोडकास्ट सुन्न सक्नुहुन्छ,IPO Result हेर्न सक्नुहुन्छ ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वती माताको दिन

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वती माताको दिन

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रहृमा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वतीले हाम्रा अज्ञानहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।