सहिद दिबश को अबसरमा नगर प्रमुख सापकोटा द्वारा वामीमा बर्थिङ सेन्टर उद्घाटन

रामकृष्ण कंडेल ,वामीटक्सार ✍️

 गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ८ वामीमैदानमा सहिद दिबश को अबसरमा आज बर्थिङ सेन्टर उद्घाटन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ l०७४ सालको कार्तिक महिनामा सहरी स्वास्थ्य सेवा केन्द्र को नामबाट सेवा सुरु गरिएको वडा अध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो l

वामीमैदानमा सहिद दिबश को अबसरमा आज नगर प्रमुख सोमनाथ सापकोटा ले एक बिशेस कार्यक्रमका बीच बर्थिङ सेन्टर को उद्घाटन गर्नु भएको हो lनगर प्रमुख सापकोटा ले सुभकामना मन्तब्य राख्दै ०७४ सालमा यस क्षेत्रका नागरिकहरू लाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ आफुहरु ले स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको बताउनु भयो l स्थापनाकालमा दुई जना कर्मचारीहरु बाट सुरु गरिएको स्वास्थ्य सेवा केन्द्र को क्षेत्र साँघुरो भएको ले गर्भवती महिलाहरु र सुत्केरी आमा हरु को लागि कुनै ठोस कार्यक्रम नभएको हुनाले गर्भवती आमाहरु गर्भको परीक्षण तथा सुत्केरी हुनका लागि टाढा पुग्नुपर्ने अवस्था सिर्जना भएकोले यो अवस्था लाई तत्काल अन्त्य गरी गर्भवती ,सुत्केरी आमाहरु,नवजात शिशु को लागि भरपर्दो सेवा प्रदान गर्ने उदेश्यले वडा नम्बर ८ वामीमैदानमा बर्थिङ सेन्टर उद्घाटन गरिएको प्रमुख आथिति सापकोटाले  बताउनु भयो l

सापकोटाले भन्नुभयो:अब वडा नम्बर ८ र ९ का दूरदराजमा रहेका गर्भवती आमा को लागि यो बर्थिङ सेन्टरले निकै सहयोग पुर्याउने र गर्भवती आमाहरु अकालमा मृत्यु को मुख मा पुग्नु पर्ने स्थिती नआउने आसा व्यक्त गर्नुभयो l नगर प्रमुख सापकोटाका अनुसार वामीमैदान मा आज उद्घाटन गरिएको बर्थिङ सेन्टरमा पाँचजना कर्मचारीहरु ले सेवा दिनु हुने छ l 

बर्थिङ सेन्टर संचालनको लागि सारदा विद्या मन्दिर माध्यमिक विद्यालयले भवन उपलब्ध गराएकोमा वडा कार्यालयको तर्फ बाट वडाअध्यक्ष नारायण सापकोटाले विद्यालय परिवार लाई विशेष आभार व्यक्त गर्नुभएको छ l 

 बर्थिङ सेन्टर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटा,प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,मुसिकोट नगरपालिका ने.क.पा एमाले नगरकमिटी अध्यक्ष तथा मुसीकोट नगरपालिकाका आर्थिक संयोजक प्रकाश काफ्ले,नेकपा एमालेका नेता आग्निधर लोहनी,नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिका सचिव भिमसेन के.सी,सरदा विद्या मन्दिर मा.वि का प्रधानाध्यापक ज्ञानहरी सापकोटा,स्वास्थ्य शाखा संयोजक डी.बि जी सी लगायतले बर्थिङ सेन्टरको सफलताको लागि शुभकामना मन्तव्य राख्नुभएको थियो l

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सबै वक्ताहरुले यस बर्थिङ सेन्टरको सफलताको लागि आफूहरुले महत्वपुर्ण सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो l 

 कार्यक्रममा शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामी मैदान मा अध्ययन गर्ने साना साना विद्यार्थी हरुले तयार गरेका साङ्गितिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो l

 मुसिकोट नगरपालिका वडा नम्बर-७ वामीमैदान स्थित सारदा विद्या मन्दिर मा वि को तल्लो भवनमा बर्थिङ सेन्टर संचालन गर्नको लागि विद्यालय परिवारले आगामी पाँच बर्षको लागि भवन उपलब्ध गराएको छ l 

कार्यक्रममा नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति गुल्मीका सचिव रामकृष्ण कंडेल,मुसिकोट नगरपालिका वन वातावरण समिति संयोजक सत्या कुमारी जी सी,ताराखसे युवा क्लवका अध्यक्ष रामबहादुर बोहोरा,नेकपा एमाले वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष चुराबहादुर खत्री,वडा सदस्यहरु क्याप्टेन पूर्णबहादुर घर्ती,सुकमाया बि.क,राष्ट्रिय युवा सङ्घ मुसिकोट नगर कमिटि सचिव सन्दीप खत्री, शारदा बिद्या मन्दिर मा बि व्यवस्थापन समिति अध्यक्ष प्रबिना परियार,टोल संयोजकहरु क्रमशः मित्रलाल सापकोटा,गंगाबहादुर नेपाली ,कर्णबहादुर बि.क,हिराबहादुर नेपाली,यादुमणि घिमिरे,नेत्रबहादुर दर्लामी,बाजा संयोजक बाबुराम परियार,समाजसेवीहरु मीनबहादुर रायमाझी,हिराबहादुर बोहोरा,ज्ञानेन्द्र जी सी,कृषी प्राविधिक शिवहरि गौतम ,महेन्द्र घिमिरे लगायतका व्यक्तित्वहरु कार्यक्रमको अतिथीको रुपमा रहनुभएको थियो l 

समुन्द्र विक्रम रायमाझीको सञ्चालन,स्वास्थ्य केन्द्र इन्चार्ज जीवन रसाइली को स्वागत मन्तव्य मा सम्पन्न कार्यक्रम को अध्यक्षता वडाध्यक्ष नारायण सापकोटाले गर्नुभएको थियो l

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।