नेकपा एमाले मुसिकोट नगर कमिटि को प्रथम पूर्ण बैठक भव्यताका साथ सम्पन्न

युनिक खबर,वामीटक्सार✍️

नेकपा एमाले मुसिकोट नगर कमिटि को प्रथम पूर्ण बैठक गुल्मीको वामीटक्सार मा सम्पन्न भएको छ l

कार्तिक ९ गते वामीटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पस मा सम्पन्न प्रथम नगर अधीबेशन बाट निर्वाचित नगर कमिटीको बैठकले नगरभित्र नेकपा एमालेको  संगठन लाई सुदृढ बनाउँदै अगाडी लैजानको लागि विविध निर्णयहरु गरेको छ l 

बैठकले नगर पार्टीको काम लाई व्यवस्थित गर्नको लागि १३ सदस्यिय नगर पार्टी सचिवालय को गठन गरेको छ l नगर पार्टीका पदाधिकारीहरु सहित नगर कमिटीका सदस्यहरु मध्येबाट सचिवालयमा रामकृष्ण कंडेल,नारायण सापकोटा,राम बहादुर बोहोरा,हरिहर सापकोटा,खड्क बहादुर खड्का,महेन्द्र घिमिरे,जुद्ध बहादुर बि.क,सत्या जी.सी लाई थप गरिएको हो l 

नगर कमिटीका उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा पार्टीको १ वर्षीय कार्ययोजना तथा बैठक संचालन सम्बन्धी आचारसंहिता निर्माण गर्नको लागि ७ सदस्यिय उपसमिति गठन गरेको छ l

उपसमिति का सदस्यहरुमा बोमबहादुर छन्तेल,रामकृष्ण कंडेल,शंकर रायमाझी,सत्या जी.सी,गोबिन्द खरेल र चुराबहादुर पछाई रहनु भएको छ l 

बैठकमा नेकपा एमाले गुल्मी जिल्ला पार्टी सचिव तथा मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा,नगर पार्टी इन्चार्ज जीवन खरेल,एमाले जिल्ला नेता तथा मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा,जिल्ला कमिटी सदस्य सीता भुसाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो l 

आजको पूर्ण बैठकमा  कार्तिक ९ गते प्रथम अधिवेशनको बन्द सत्र मा शपथ ग्रहणमा छुट भएका नगर कमिटी सदस्यहरू को शपथ ग्रहण तथा उहाँहरु लाई प्रमाण-पत्र वितरण समेत गरिएको थियो l 

बैठकको अध्यक्षता नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले को रहेको थियो साथै सञ्चालन सचिव गोपीकृष्ण खरेलले गर्नुभएको थियो l 

बैठकको समापन पश्चात आजै नेकपा एमाले मुसिकोट ले नगर कमिटीको कार्यालय वामी टक्सारमा उद्घाटन गरेको छ l मुसिकोट नगरपालिका वडा नम्बर ७ बसपार्क नजिक हरिहर सापकोटाको घरमा नगर कमिटीको कार्यालय उद्घाटन गरिएको हो l

कार्यालय उद्घाटन समारोहमा नेकपा एमालेका जिल्ला, नगर तथा वडा स्तरीय नेता कार्यकर्ता हरूको उपस्थिति रहेको थियो l  

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।