रूद्रावती क्याम्पसका प्राध्यापक भट्ट लाई कार्बाहीगर्न स्वबियुको माग

रूद्रावती क्याम्पस वामीटक्सार गुल्मीका प्राध्यापक बासुदेव भट्ट लाई तत्काल कार्बाहीगर्न स्वबियुले माग गरेको छ।स्वबियुको तर्फ बाट स्वबियु सभापती अनिश पाठकले प्राध्यापक भट्ट को सामाजिक संजालनमा ब्यक्त उच्छृड०खल अभिब्यक्तीको तत्काल छानबिन नभएमा उक्त प्राध्यापकका सबै कक्षा बहिष्कार गर्न बाद्यहुने समेत जानकारी दिनुभएको छ।

आफ्ना क्याम्पसका प्रध्यापकको विषयमा विभिन्न शिर्षकमा विभिन्न अनलाईनमा समाचार नै प्रशासित हुदाँ पनि प्राध्यापकको विषयमा आएका समाचार र प्राध्यापक जस्तो व्यक्तित्वले सामाजिक सञ्जालमा व्यक्त गरेको विषयलाई गम्भीरतापूर्वक लिंदै त्यस सन्दर्भमा क्याम्पस प्रशासनको मौनताले विभिन्न संसय उत्पन्न गराएको भन्दै स्वतन्त्र बिध्याथी युनियन ले एक कडा बिज्ञप्ती जारीगरेको छ। रुद्रावती बहुमुखी क्याम्पस वामीटक्सार गुल्मीका स्वबियु सभापती अनिश पाठक द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छः”क्याम्पसकै व्यईज्जत हुने विषयलाई गम्भीरतापूर्वक लिंदै तत्काल घटनाको गाम्भिर्यता लाई मनन गरि कार्वाही प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन र सञ्चालक समितिलाई ध्यानाकर्षण गर्दछौं । साथै समयमै कार्वाही प्रक्रिया सुरु नभए दोषि प्राध्यापकका सबै कक्षा बहिष्कार गर्न बाद्यहुने समेत जानकारी गराउँदछौं”

ध्यानाकर्षण पत्र को पुर्णपाठ

४१ औं विपी स्मृतिको अबसरमा बडिगाड गाँउपालिका ७ मा नेपाली काँग्रेसले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा प्रावि शिक्षक सहभागि भएपछि विभिन्न अनलाईनमा यहि साउन ७ गते प्रकाशित 'प्रावि शिक्षक नै काँग्रेसको कोषाध्यक्ष' शिर्षकको समाचारमा यस क्याम्पसका प्रध्यापक बासुदेव भट्टले आफु शिक्षक संगै काँग्रेस पनि भएको आशयको कमेन्ट (म शिक्षक पनि हो काँग्रेस पनि हो, खै कसैले मेरो बाल हल्लाएर देखाउ त । नेपालमा सबका सब पत्रकार पनि पाटीका पालेका साईबर स्याल हुन।) आफ्ना क्याम्पसका प्रध्यापकको विषयमा विभिन्न शिर्षकमा विभिन्न अनलाईनमा समाचार नै प्रशासित हुदाँ पनि प्राध्यापकको विषयमा आएका समाचार र प्राध्यापक जस्तो व्यक्तित्वले सामाजिक सञ्जालमा व्यक्त गरेको विषयलाई गम्भीरतापूर्वक लिंदै त्यस सन्दर्भमा क्याम्पस प्रशासनको मौनताले विभिन्न संसय उत्पन्न गराएको छ । त्यसैले क्याम्पसकै व्यईज्जत हुने विषयलाई गम्भीरतापूर्वक लिंदै तत्काल घटनाको गाम्भिर्यतालाई मनन् गरि कार्वाही प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन र सञ्चालक समितिलाई ध्यानाकर्षण गर्दछौं । साथै समयमै कार्वाही प्रक्रिया सुरु नभए दोषि प्राध्यापकका सबै कक्षा बहिष्कार गर्न बाद्यहुने समेत जानकारी गराउँदछौं ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।