शिक्षाप्रेमी स्वर्गीय मणिरत्न गुरु प्रती हाम्रो श्रध्दा सुमन

साबिक वामी गा बि स को शिक्षा क्षेत्रमा बिगत लामो समय अगाडि देखि अत्यन्तै चर्चित नाम हो स्वर्गीय मणिरत्न घिमिरे।निकै सरल,नम्र, शब्य तथा सामाजिक ब्यक्तित्वका धनी घिमिरे लाई गत साल हामी सबैले गुमायौ।उहाको निधनले सिङ्गो मुसिकोट नगरपालिकानै अभिभाबक बिहिन जस्तै बनेको छ।

लामो समय सम्म मुसिकोट ८ स्थित शारदा बिध्या मन्दिर मा बि वामिमैदान गुल्मीमा प्रधानाध्यापक जस्तो गरिमामय पदमारही शिक्षा क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी कुशलतापुर्बक निर्बाहा गर्नु भएका स्वर्गीय घिमिरेलाई यस क्षेत्रमा सबैले मणि गुरुका नाम ले सम्बोधन गर्दथे।

सरल र मिठासयुक्त शिक्षण विधि प्रयोगगरी अध्यापन गर्ने उहाको शैली लाई त्यतिखेरका उहाका बिध्यार्थिहरुले ऐले पनि सम्झिरहेका छन।समाज परिबर्तनमा युवाहरु सकृयताका साथ लाग्नु पर्छ भनेर सधै हामिहरु लाई हौसला प्रदान गर्नुहुने स्वर्गीय घिमिरे सधै सबैको आखाको नानिको रुपमा रहनु भयो।

युनिक मल्टिमिडिया एन्ड रिसर्च सेन्टरका आजिवन सदस्य समेत रहनु भएका बेलायतमा कार्यरत उहाका कान्छो छोरा मुकुन्द घिमिरेले बुवाको सम्झना गर्दै आफ्नो फेसबुक वालमा लेख्नु भएको छ:"जन्मदिने बुबा गुमाएको आज वर्ष दिन पुग्यो।एक वर्षको अवधिमा हजारौ पटक बुबा को सम्झनाले सतायो ।बुबा हजुर को अभाव खट्कियो।अनेकौँ पटक पीडा महसुस भयो। सन्तानको खुशीको लागि दु:ख गर्दा जीवनभर नथाक्नु भएका हाम्रा बुबा यतिबेला भौतिक रुपमा हामी बीच हुनुहुन्न तर बुबा तपाईंले दिनुभएको शिक्षाले अहिले पनि हामीलाई बाटो देखाइरहेको छ।तपाईंको आशीर्वादले राम्रो काममा लाग्न प्रेरणा दिइरहेको छ, सदैव प्रेरित गरिरहनेछ।बुबा हजुर आउनु हुन्छ की भन्ने सधै लागी रहन्छ।बुबा हजुर जाहॉ भए पनी बैकुण्ठ मा बास होस"

उहाका चार भाइ छोराहरु पनि निकै सरल तथा सस्कारयुक्त हुनुहुन्छ।यतिखेर स्वर्गीय मणि गुरुका जेठो छोरा मिलन घिमिरे र साइलो छोरा राजु घिमिरे जापानमा हुनुहुन्छ।माइलो छोरा केशब घिमिरे वामिमै हुनुहुन्छ भने कान्छो छोरा मुकुन्द घिमिरे बेलायतमा बसोबास गर्दै आउनु भएको छ।स्वर्गीय घिमिरेकी जीवन संगिनि डिलादेबी घिमिरे पनि वामिमै हुनुहुन्छ।

स्वर्गीय घिमिरेको निधन भएको पनि कति छिटो हिजो १ बर्ष पुगेछ।प्रथम बार्सिकिको अवसरमा उहाकै निवास मुसिकोट ७,वामिटक्सारमा स्वर्गीय गुरुको सम्झनामा परिवारले हिन्दु धर्म अनुसारको कार्यक्रम आयोजना गरेको निमन्त्रणा हामिले पनि प्राप्त गर्यौ।हिजोको मिति र कार्यक्रमले गुरु प्रती निकै सम्झना दिलायो।

धार्मिक प्रमाण अनुसार यस चोलामा राम्रा कर्म गर्ने हरुको पछि बैकुन्ठमा बास हुन्छ रे।पक्कै पनि मणि गुरु यतिखेर बैकुन्ठमै हासिरहनु भएको हुनु पर्छ।हजुरको भौतिक शरीर मात्रै हाम्रो बिचमा छैन तर हजुरको आत्मा भने यतै घुमिरहेको होला र घुमिरहोस भन्ने प्रार्थना गर्दछौ ।

प्रथम बार्सिकिको अवसरमा स्वर्गीय गुरुप्रती हाम्रो पनि श्रध्दा सुमन ब्यक्त गर्दछौ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।